गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

गण्डकी, जेठ २१ गते । गण्डकी प्रदेश सरकारको आगामी आव २०८० र ८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक भईरहेको छ । । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अहिले दिउँसो २ बजे बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरिरहनुभएको छ ।
प्रदेश संसद सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा गर िअहलिे प्र्रस्तुत भइरहेको बताउनुभयो । सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको थियो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको । बजेट आउनु पूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।