पर्यटकिय गाँउ सिक्लेसमा माघेमेलाको तयारी

 

भुपाल गुरुङ,
पोखरा २७ पौष ।

पर्यटकिय गाँउ कास्कीको सिक्लेसमा यस वर्ष पनि माघेसक्रान्ती मेलाको तयारी भएको छ ।
सिक्लेस युवा क्लवको आयोजनामा यहि माघ १ गते देखि ४ गते सम्म माघेमेला हुन लागेको हो । स्थानिय तिर्थस्थल, आन्तारिक एवम वाह्य पर्यटनको प्रवद्र्धन, ग्रामिण होमस्टे, सामुदायिक विद्यालयमा अंग्रेजी र गुरुङ भाषाको शिक्षा संचालनार्थ वर्षेनी क्लवले माघे मेला आयोजना गर्दै आएको छ । क्लवले यस वर्ष २३ औँ वार्षिक उत्सव एवम माघेमेलामा अन्तर गाँउ स्तरिय सामुहिक नृत्य प्रतियोगीता, पुरुष तथा महिला भलिबल , बास्केटबल, रस्साकस्सी प्रतियोगीता सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिने पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।

मेलामा आयोजना गरिएको पुरुष भलिबल र बास्केछ बल तर्फ विजेताले नगद ५० हजार र उपविजेताले नगद ४० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सामुहिक अन्तर गाँउ सामुहित नृत्य तर्फ प्रथम हुनेले नगद ४० हजार, द्धितियले नगद ३० हजार, तृतिय समुहले २० हजार र उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकले नगद ८ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । मेलाको मुख्य अकर्षणमा खेलकुद प्रतियोगीता संगै स्थानिय तिर्थस्थल म्हउदु र फैमक्यु मा स्नान गरी तिर्थालुहरुको जात्रा, स प्वू मा परम्परागत छेलो प्रतियोगीता, पौराणिक घाटु नृत्य, लोपोन्मुख लोकभाका लगायतका समावेश गरिएको छ । मेला सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र १० लाख ५५ हजार आम्दानी गर्ने लक्ष्य आयोजकले लिएको छ ।
पोखरा देखि सवारीसधानबाट करिव ४ घण्टामा पुग्न सकिने सिक्लेस नेपाल कै नमुना गुरुङ बस्ती पनि हो । हिमालको मनोरम दृश्य र स्थानिय परिकारका साथै गुरुङ संस्कृतिको अध्ययन गर्न आन्तारिक तथा वाह्य पर्यटकहरु वर्षेनी हजारौँ पर्यटक सिक्लेस पुग्ने गर्दछन ।

Advertisment