देउवा प्रधानमन्त्री हुदै यसै वर्ष नेपालमा रेल ल्याउने तयारीमा, लिक निर्माणको काम अन्तिम चरणमा, गुपचाप धामाधम काम हुदै

 

काठमाडौँ २७ पौष ।

झण्डै नौ वर्षअघि सम्भाव्यता अध्ययन सम्पन्न भएको मेची–महाकाली रेलमार्गको काम पनि धमाधम भइरहेको खबर छ ।

समाचार अनुसार सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करोड रुपैयाँ खर्चा भइसकेको छ ।

विभागले जनाए अनुुसार कुल ६ सय १९ किलोमिटर रेल मार्गको डीपीआर पनि सम्पन्न भइसकेको छ । अहिलेसम्म विभागले पूर्वदेखि पश्चिमसम्म कुल ९ खण्डमा विभाजन गरेर डीपीआर तयार पारिएको छ । अहिलेसम्म कुल पाँचवटा कन्सल्टेन्टहरुले बुटवल पूर्व सबै खण्डको डीपीआर सम्पन्न भइसकेको र बाँकी चार खण्डको पनि डीपीआरको काम सुरु भइसकेको समाचारमा उल्लेख छ ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर–जनकपुर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनविज्ञ छ ।
सरकारले इन्जिन किने यसै वर्ष नेपालमा रेल गुड्ने छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिन खरिदको विषयमा छलफलसमेत सुरु हुन सकेको छैन । झण्डै चार वर्षदेखि बन्द जनकपुर–जननगर रेलमार्गको ३४ किलोमिटर निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ ।

Advertisment