विहिबार देखि देशभर रिलिज हुदै फिल्म लालपुर्जा , फिल्म टोली प्रचारप्रसारमा  व्यस्त

 

भुपाल गुरुङ,
पोखरा २ माघ ।

अगामी विहिबार देखि देशभर प्रर्दशनमा आउन लागेको नेपाली फिल्म लालपुर्जाले प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
माघ ४ गते देखि देशभरका सिनेमाघरमा लाग्ने फिल्म लालपुर्जाको टोली मंगलबार प्रचार गर्दै पोखरा आइपुगेको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई निमग श्रेष्ठले निर्देशन गरेका छन् । फिल्ममा दुई दाजुभाई बिचको जग्गा लालपुर्जाको विवादको कथालाई चित्रण गर्न खोजेको बताएको छ । फिल्ममा नेपालका ग्रामिण क्षेत्र कै नयाँ स्टोरीको ट्रेण्डलाई क्याच गरेको निर्माण पक्षको दावी छ ।

फिल्मका अभिनेता सौगत मल्ल भने राम्रो अभिनय गरेको बताउदै फिल्म चल्नेमा ढुक्का छन । एकदमै नयाँ तरिकाले फिल्मको कथा प्रस्तुत गरिएको बताउदै यसलाई मन मराउने नपराउने दर्शक कै हातमा रहेको उनि बताँउछन । फिल्ममा सरियल र रियलको फ्युजन देख्न सकिने अर्का अभिनेताले बताए । फिल्म बारे बोल्दै निर्माता उमेश श्रेष्ठले दर्शकले फिल्म हेर्नमा ढुक्का रहेको बताए । कमेडी जनरामा राम्रो फिल्म बनेको भन्दै दर्शकको रोजाई लालपुर्जा भन्ने उनको भनाई छ । फिल्ममा उपन्यासकार कुमार नगरकोटीले अतिथी लेखनका रुपमा भुमिका निर्वाह गरेका छन् । लम्जुङ्गको काउलेपानीमा छाँयाङकन गरिएको फिल्ममा सौगत मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर,हरिहर शर्मा लगायतको अभिनय छ । बिक्रम सिँह थारु र उमेश श्रेष्ठले सयुक्त निर्माण गरेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । फिल्ममा विक्रम सिँह थारु र निगम श्रेष्ठको कथा र सुजित बिडारीको पटकथा रहेको छ ।

गीत तथा ट्रेलर समेत रिलिज भइसकेको फिल्मलाई निक्कै अपेक्षाकृत रुपमा हेरिएको छ । लामो समयको प्रि प्रोडक्सनमा राखेर हलमा ल्याएको चलचित्रले कस्तो व्यापार गर्ने हो त्यो भने फिल्म हलमा पुगेपछि थाहा हुनेछ ।

Advertisment