पोखरा पुगेर महराले भने : प्रधानमन्त्रीले संवैधानिक जटिलता देखाएर जनताको म्याण्डेटलाई पछि पार्न खोजे

 

भुपाल गुरुङ,
पोखरा ३ माघ ।

माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले वत्र्तमान सरकार संवैधानिक जटिलता देखाएर जनताको म्याण्डेटलाई पछि पार्न खोजेको आरोप लगाउनुभएको छ ।

बुधबार पोखरामा पत्रकारहरु संग कुराकानी गर्दै नेता महराले बाम गठबन्धनले जनादेश प्राप्त गरिसकेको अवसथामा सरकारले नयाँ सरकारका लागि वातावरण बनाउन नसकेको बताउनुभएको हो । नयाँ जनादेश प्राप्त भइसकेकाले प्रधानमन्त्री देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उहाँको जोड छ ।

उहाँले सरकार एक दुई दिन मै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तरखरमा रहेको भन्दै राष्ट्रिय चुनाव सकिए लगत्तै नयाँ सरकार बन्ने अश्वासन दिनुभयो । नेता महराले बाम गठबन्धन बिचको पार्टी एकता बारे टुंगो नगाएको भन्दै यसलार्य दुई पार्टी अध्यक्षले अन्तिम रुप दिने समेत बताउनुभयो । पार्टी एकता हुने कुरा जनादेशले पुष्टि गरिसकेको भन्दै पार्टी एकतामा कुनै द्धिविधा नरहेको औल्याउनुभयो ।

फरक धारका दुई पार्टी बिच एकता हुदाँ गम्भिर छलफल हुनुपर्ने भएकाले केहि समय पछि खुलेर छलफल गरि टुंगोमा पुग्ने उहाँको दावी छ । नेता महराले राष्ट्रिय सभा चुनावमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनावमा जाने तयारी भइरहेको बताउनुभयो ।

Advertisment