केपि ओलीले प्रदेश राजधानी र प्रदेश प्रमुखमा एमालेको असमति छ भनेपछि, राजनितिक अन्यौलता बढ्ने सम्भवना बढ्यो ? के एमाले सांसदले सरकारले तोकेको प्रमुखबाट सपाथ खान्छन त ?

 

काठमाडौं, माघ ४ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए । उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेका निर्णयमा सहमति छैन ।’
प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए । सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’ आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले भने, ‘कच्चा भेटियो, कतै पक्का भेटियो भनेको सुनेँ । यति साह्रो दरिद्र चिन्तन किन हुन्छ, अचम्म लाग्छ ।’
केहि दिन स्वास्थ्य प्ररीक्षणका लागि बैकक गएका ओलीले विमानस्थलमा दिएको अभिव्यक्तिले नेपाली राजनितिमा अन्यौलता ल्याउने देखिन्छ । सरकार प्रदेश राजधानी र प्रमुख तोकेर राष्ट्रिय सभाको चुनावमा होमिएका बेला अगामी सम्भावित प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएपछि नेपाली राजनिति तंरगित भएको छ । के देउवा सरकारले तोकेका प्रदेश प्रमुखबाट एमाले सांसदले सपथ खान्छन त ? सबैको चासो छ । सांवैधानिक प्रंकृया अनुसार प्रदेश प्रमुखले नै प्रदेश सभाका सदस्यहरुले सपथ खानेछन ।

Advertisment