नवराज सिलवाल खोज्दै प्रहरी, पक्रिन इन्टरपोलले डिफ्युजन नोटिस जारी, १ सय ९२ देशका प्रहरीले पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्ने

 

काठमाडौं, ८ माघ ।
पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो । बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।
इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि अब १ सय ९२ देशका प्रहरीले नवराज सिलवाललाई पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपाल भरी पनि खोजी तिव्र पारेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले गोदावरीमा रहेको उनको घरमा र ललितपुरको भट्टेडाँडामा खाजे पनि नभेटिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।

सिलवाल अहिले नेपालमा नै नरहेको प्रहरीको आशंका छ । प्रहरी महानीरिक्षक बन्न नसकेपछि राजिनामा दिएका सिलवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए ।

Advertisment