काठमाडौँ, ९ माघ ।
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् ।
शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चाररचार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।
प्रत्येक प्रदेशमा ८र८ ९तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक० सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४र४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।
प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।
कोको भए उम्मेदवार रु
प्रदेश नम्वर ४
सुरेन्द्रराज पाण्डे, अन्य समूह
बृन्दा राना मगर, महिला,
जीतबहादुर नेपाली, दलित
प्रकाश पन्त, अपाङ्ग
प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मीकि, दलित
लुटबहादुर खत्री, अपाङग्
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके, दलित
गोपालप्रसाद शर्मा, अपाङ्ग
प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला
तारादेवी भट्ट, महिला
शेरी राम पार्की, दलित
छत्रराज जोशी, अपाङ्ग