काठमाडौं १३ माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न चाहँदा चाहँदै पनि काम गर्न गर्न नसकेको गुनासो गरेका छन् ।
शनिबार विपि स्मृति अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफुले मुलुकका लागि धेरै गर्न चाहे पनि गर्न नसकेको बताएका हुन् ।
निर्वाचन आचार संहिताका कारण पहिला केही काम गर्न नसकेको भन्दै उनले गरेका महत्वपुर्ण र दीर्घकालिन महत्व राख्ने निर्णयमा पनि आलोचना र टिप्पणी हुने गरेको भन्दै आक्रोश पोखे ।
भुकम्प प्रभावितलाई थप एक लाख रुपैया अनुदान सहायता दिने, जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ बर्ष कायम गर्ने लगायत सरकारका निर्णयले राज्य कोष रित्त्याउने काम गरेको भन्दै एमाले,माओवादी केन्द्र लगायत दलले विरोध गर्दे आईरहेका बेला प्रधानमन्त्रीले अर्नगल प्रचारबाजीका कारण काम गर्न नपाएको भन्दै रोष प्रकट गरेका हुन् ।
फरक प्रसङ्गमा, प्रधानमन्त्री देउवाले आफ्ना कारणले नभई संविधानका कारण सत्ता हस्तान्तरणमा ढिलाई भएको स्पष्ट पारे । संविधानले व्यवस्था गरेको महिलाको सिट लगायत विषयले सत्ता हस्तान्तरणमा केही समय लागेको उनको भनाई थियो ।
एमाले ,माओवादी केन्द्र लगायतले नया जनादेश आईसक्दा पनि सत्ता हस्तान्तरणमा ढिलाई गरेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएका छन् ।
प्रधानमन्त्रीको गुनासो : चाहेर पनि काम गर्न सकिएन, अर्नगल प्रचारबाजीका कारण काम गर्न नपाएको भन्दै रोष प्रकट
January 27, 2018
659
Advertisment



