पार्टी एकता नचाहानेहरु छाडेर जान सक्छन – महासचिव पोखरेल

 

भुपाल गुरुङ,
पोखरा १९ माघ ।

नेकपा एमालेका महासचिव ईश्वार पोखरेलले पार्टी एकतालाई कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ ।

शुक्रबार पोखरामा एमाले निकट नेपाल वाणिज्य संघको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले जनताले नै पार्टी एकताको अभिमत दिएको बताउदै जुनसुकै हालतमा पार्टी एकता हुने बताउनुभएको हो । पछिल्लो क्रममा एमाले पार्टी भित्रै केहि नेताहरु पार्टी एकता विपारित लागेको हल्ला फिजिएको भन्दै पार्टी एकता नचाहानेहरु पार्टी छाडेर जान सक्ने उहाँको भनाई छ ।

नेता पोखरेलले माओवादी र एमाले बिच मतभिन्नता नरहेको भन्दै पार्टी एकताका कुनै द्धिविधा नरहेको जिकिर गर्नुभयो । उहाँले नयाँ पार्टीको सिद्धान्त र संगठन बारे दुई पार्टी बिच तत्कालका लागि अन्तरिक कार्यदल बनाएर अगाडि बढ्ने बताउनुभयो । महासचिव पोखरेलले जनताको बहुदलिय जनावाद एमालेको पेवा नभएको भन्दै कम्युनिष्ट आन्दोलनको उपलब्धी भएको बताउदै यसलाई कम्युनिष्ट पार्टी सबैले मान्न जरुरी रहेको उहाँको जोड छ । नेता पोखरेलले अब बन्ने सरकारले नेपाल वाणिज्य निति बताउन प्रयास गर्ने बताउनुभयो ।

Advertisment