कांग्रेसले कसलाई दियो कडा निर्देशन ?

 
काठमाडौं २० माघ ।

कांग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको चुनावमा सहभागी हुन माघ २२ भित्र आ(आफ्नो मतदानस्थल पुगिसक्न आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा सातै प्रदेशमा हुँदै छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीको ‘ह्वीप’पालना गर्न निर्देशन गरिएको छ ।

Advertisment