प्रदेश ४ को पहिलो बैठक सम्पन्न, फागुन ३ मा सभामुखको चुनाव

भुपाल गुरुङ,
पोखरा, २२ माघ ।

प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक सोमबार पोखरामा बसेको छ । बैठकको शुरुवातमा प्रदेश प्रमुख बाबुराम कुँवारले पठाउनुभएको पत्र संसादका जेष्ठ सदस्य सभामुख जनकलाल श्रेष्ठले पढेर सुनाउनुभएको थियो ।

पर्यटकीय नगरी पोखरामा सावा घण्टा बसेको बैठकले फागुन ३ गते सभामुख र फागुन ६ गते उपसभामुखको चुनाव गर्ने निर्णय पास गरेको छ । बैठकले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधी २०७४ र सभा संचालनका लागि पाँच दलको उपस्थितीमा पाँच सदस्यिय कार्यब्यवस्थापन समिति गठन समेत गरेको छ ।

बैठकमा नेकपा एमालेका तर्फबाट पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सिर्जना शर्मा, नेपाली कांग्रेसबाट कृष्णचन्द्र नेपाली, दोबाटे विश्वकर्मा, ललितकला गुरुङ र माओवादी केन्द्रबाट हरि बहादुर चुमान, नेत्रनाथ अधिकारी, गायत्री गुरुङले बोलेका थिए । पाँच दल मध्ये ठुला तिन दलका ३र३ जना र साना दल जनमोर्चाबाट कृष्ण थापा र नयाँशक्ती नेपालबाट हरिशरण आत्रेयले बोलेका थिए । संसादमा बोल्ने अधिकांश सांसदले प्रदेश नम्बर ४ लाई आर्थीक समृद्धमा नमुना बनाउने उदघोष गरे ।
प्रदेश ४ का सम्पुर्ण सांसदहरुले प्रदेशको आर्थीक समृद्धमा लागि एक हुनुपर्नेमा जोड दिएका थिए । उर्जा, जलस्रोत, पर्यटन, कृषि लगायतलाई प्रथामिकता राखेर प्रदेशले कार्य गर्नुपर्ने सबैको भनाई छ । प्रदेश ४ मा खनिज स्रोत साधानको उत्खानन् सम्भावना रहेकाले यसलाई आयस्रोतका रुपमा प्रयोग गर्न सक्नुपर्ने बैठक पछि एमाले सांसद पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

त्यसैगरी बैठक पछि कुरा गर्दै नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले पहिलो बैठकमा व्यक्त भएका विकास निर्माण र सुशासन स्थापनाका लागि कटिद्ध हुनेपर्नेे अपेक्षा गर्नुभयो ।

प्रदेश नम्बर ४ मा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र नयाँ शक्तीका गरि ६० सांसद छन । प्रदेश सभाको दोस्रो बैठक अब फागुन ३ गते दिउसो १ बजे बस्नेछ ।

भिडियो :

Advertisment