पिएन क्याम्पस विद्यार्थी मृत्यु प्रकरण, बुधबार देखि अनिश्चितकालिन पोखरा नगर बस बन्द

भुपाल गुरुङ,
पोखरा, २३ माघ ।

नगर बसको ठक्करबाट पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत विद्यार्थी, पिडित परिवार र पोखरा नगर बस व्यवासायी समिति बिचको वार्ता विना निष्कर्ष टुंगीएको छ ।

प्रहरीको रोहबरमा मंगलबार भएको वार्ता विना निष्कर्ष टुंगीएपछि कास्कीमा क्रियाशिल विद्यार्थी संगठनहरुले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बुधबार पोखरामा अनिश्चितकालिन नगरबस बन्द लगायत आन्दोलनको घोषणा गरेका छन् ।

नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति समेत रहेका मृतक ढकालको घट्ना नियोजित रहेको भन्दै यसको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कारवाहि गर्नुपर्ने नेविसंघ कास्कीले माग गरेको छ ।

सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसमा घर जान हिडेको ढकाललाई भाडाको विषयमा सामान्य भनाभन भई ओर्लिने क्रममा आफँै चढेको गाडिले कुल्चेको पिडितको आरोप छ । बसले कुल्चेर घाइते भएका ढकालको उपचारका क्रममा मंगलबार मृत्यु भएको जनाएको छ । घट्नालाई लिएर पिएन क्याम्पस क्षेत्र दिन भर तनावग्रस्त रह्यो । नेपाल विद्यार्थी संघ निकट विद्यार्थीहरुले मंगलबार विहानै देखि नाराबाजी सहित आन्दोलनमा उत्रिए पछि विद्यार्थीलाई तितरवितर पार्न प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रहरी र विद्यार्थी बिचको झडपमा नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल, अमृत श्रेष्ठ, गोपाल गुरुङ, विद्यार्थी नेताहरु तारानाथ अधिकारी, समित केसि, सुवास अधिकारी , प्रभाचन्द्र सापकोटा, गोविन्द नेपाली लगायतका घाइते बताएको छ ।

नेविसंघले पोखरा १ बगर क्षेत्रमा विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले पोखरामा नगर बस चलेनन् । आन्दोलनरत विद्यार्थीहरुले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने नेविसंघ कास्कीले बताएको छ ।

Advertisment