प्रदेश ४ मा दिपक मनाङ्गेले गरेनन् मतदान ? मतगणना आजै हुदै

भुपाल गुरुङ,
पोखरा २४ माघ ।
प्रदेश नम्बर ४ का स्थानिय प्रमुख, उपप्रमुख, प्रदेश सभा सांसद लगायत २ सय २९ जनाले ले बुधबार राष्ट्रिय सभा चुनावमा मतदान गरेका छन् ।

२ सय ३० मतदाता रहेको प्रदेश ४ को राष्ट्रिय सभा चुनावमा मनाङबाट निर्वाचित राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले मतदान गरेनन् । सर्वोच्च अदालतले पाँच वर्षको कैद सजाय तोकेका उनले मतदान गर्न पाउने अधिकार पाए पनि मतदानका लागि पोखराको मतदान केन्द्र आएनन् । बुधबारको मतदानमा ११ दिनका किरियापुत्रले समेत मतदान गरेका छन् । पर्वत विहादी गाँउपालीकाका प्रमुख कमल प्रसाद भुषालले आफ्ना माताको किरिया बसे पनि पोखरा आई मतदान गरेका हुन् ।

मतदानका लागि विहान १० बजे देखि दिउसो ३ बजे सम्म समय सिमा तोकिए पनि करिव ३ घण्टा मै मतदान गरिसकेका थिए । प्रदेश ४ का स्थानिय निकायका १ सय ७० प्रमुख एवम उपप्रमुख र प्रदेश सभाका ५९ सांसदले ७ जना सदस्यका लागि मतदान गरेका छन् । प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभामा ८ जनाले सहभागीता जनाउने छन् । जस मध्ये महिला ४, अन्य ४ र दलित तर्फ २ गरि १० उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाका लागि प्रदेश ४ बाट अपाङगा कोटामा कांग्रेसका प्रकाश पन्त निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ७ सदस्यका लागि बुधबार चुनाव भएको छ । मतदान सकिए पछि हाल मतमेटिका क्षेत्रिय निर्वाचन कार्यालयमा राखिएको छ । दलका प्रतिनिधीका रोहबारमा आजै बेलुका ४ बजे देखि मतगणना शुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबिच राष्ट्रिय सभाको चुनावको मतदान संगै नेताहरुले विकासको ढोका खुल्ने बताएका छन् । चुनाव सम्पन्न पश्चात बाम गठबन्धनको सरकार बने संगै विकासमा फड्को मार्ने बाम नेताहरुले दावी गरेका छन् । पार्टी एकता पछि पार्टी नयाँ बन्ने भन्दै एकतामा कुनै द्धिविधा नरहेको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बताए ।

कांग्रेसले भने प्रतिपक्षको रुपमा सकारात्मक भुमिका निर्वाह गर्ने बताएका छन् । नेपालको विकासमा नेपाली कांग्रेसले प्रतिपक्ष मै रहेर सहयोग गर्ने नेताहरुको भनाई छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले पार्टी भित्र गम्भिर समीक्षा गर्दै पार्टी सुधार तर्फ अघि बढ्ने बताएका छन् । पार्टी सुधार गर्न नेतृत्व जिम्मेवार भएर लाग्नुपर्ने उनको तर्क छ । पार्टीको हारमा सबैको भुमिका रहेको भन्दै यसलाई सबै कांग्रेस नेताले स्विकार गर्नुपर्ने उनको जोड छ ।

Advertisment