राष्ट्रपति नपाउने संकेत पाएपछि झलनाथले भने प्रचण्डलाई अध्यक्ष मान्न तयार छौ, केपि ओली संकटमा

 

काठमाडौं, २५ माघ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको खुलासा गरेका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने बताउदै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खुलासा गरेका हुन ।

पछिल्लो समयमा आएर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका छन्।

दुई पार्टीवीचको एकता त भड्किन लागेको चर्चा छ नि भन्ने संचारकर्मीको प्रश्नमा एमाले नेता खनालले भने– ‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’ एमाले नेता खनालले प्रचण्डलाई अध्यक्ष बनाएर भए पनि पार्टी एकतालाई भड्किन नदिइने बताए । उनका अनुसार विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर बसको समेत उनले बताए । यसरी राष्ट्रपतिको बार्गेनिङ्गमा रहेका खनालको प्रचण्डलाई अध्यक्ष मान्नुपर्ने अभिव्यक्तिले केपि ओली संकटमा देखिएका छन् । पार्टी भित्र खासै प्रभाव नरहेका व्यक्तिले अध्यक्ष प्रचण्ड मान्न तयार भनेर राजनितिक बचाउ गरेका खनाल पनि भित्री मन बाट भने प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनन् । अहिले वत्र्तमान राष्ट्रपति विद्या देवि भण्डारीले पुनः राष्ट्रपति बन्ने आकाक्षा र केपि ओलीको भण्डारी प्रतिको भुकावको प्रतिशोध साँध्न पनि खनाले यस्तो अभिव्यक्ति दिएको बुझाई राजनिति वृत्तमा चलेको छ । माओवादी केन्द्रले पनि सरकार निर्माण अगावै पार्टी एकता हुनुपर्ने दावी गर्दै आएको छ । पार्टी एकतामा प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक माओवादी केन्द्रले पाउनुपर्ने अडान राख्दै आएको छ ।

Advertisment