पार्टी एकता नहुने देखेपछि प्रचण्ड आक्रोशित, सांकेतिक रुपमा प्रचण्डले भने : अर्को फड्को हान्न बेर मान्दिनँ

 

 काठमाडौं, २७ माघ ।
भारतिय विदेश मन्त्री सुष्मा स्वाराज नेपाल आएपछि फेरिएको राजनितिले माओवादी केन्द्र र एमाले बिचको पार्टी एकतामा ठुलो धक्का पुग्ने देखिएको छ । चुनाव पछि ठुलो दल बनेको नेकपा एमालेले माधेसवादी दल संग मिलेर सरकार बनाउने भएपछि पार्टी एकता मत्धर हुने देखिएको छ । एमाले सरकार पछि पार्टी एकता गर्ने बताइरहेको छ भने माओवादी केन्द्र पार्टी एकता भए पछि सरकार गठन गर्नुपर्ने बताउदै आएको छ । पार्टी एकतामा दुई अध्यक्ष बिचको पद भागबण्डामा नै कुरो अड्कीएको छ । माओवादीले एकता पछिको अध्यक्ष या प्रधानमन्त्री एक पाउनुपर्ने दावी गर्दै आएको छ भने एमाले अध्यक्ष केपि ओली दुवै पद आफैँ राख्न चाहान्छन यसले पनि पार्टी एकतामा अप्ठ्यारो पारेको छ । पार्टी एकता गर्न केपि ओली कि अध्यक्ष कि प्रधानमन्त्री छाड्नुपर्ने बाध्यता भए पछि ओली नै पार्टी एकताको विपक्षमा उभिएको छन भनेर राजनतिक वृत्तमा छलफल हुन थालेको छ । प्रचण्डलाई अध्यक्ष बनाएर ओली प्रधानमन्त्री हुन पार्टी भित्र आफ्नो भएको बहुमत गुम्ने डर ओली लाई छ भने प्रचण्डलाई अस्तित्वको । दुवै पद दिएर पार्टी एकता गर्दा एमालेमा माओवादी विलय गरे सरह हुने भन्दै माओवादी भित्र पार्टी एकताको तिव्रा विरोध गर्नेहरु पनि छन् ।

यसै बिच नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् । ‘मलाई व्यग्य गर्न आवश्यक छैन’ चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ । किनभने प्रचण्ड भनेकै त्यही भइसक्यो, अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने ।’
बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गरे । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ ।’ वाम सरकार छाडेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा धेरैलाई भ्रम परेको उनले सुनाए । ‘ प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ उनलेभने। मैले मात्र पार्टीहरुको तिक्तता र जातीहरुबीच बढेको दुरी घटाउन सक्छु भन्ने लाग्यो । ‘

राजनीतिबारे प्रतिकात्मक रुपमा मात्र बोलेको भन्दै उनले कुनै दिन साच्चीकै रुपमा भन्ने बताए ।

Advertisment