प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ

भुपाल गुरुङ,
पोखरा २८ माघ ।

नेकपा एमालेले प्रदेश नम्बर ४ को संसदिय दलको नेतामा पृथ्वीसुब्बा गुरुङलाई सर्वसम्मत चयन गरेको छ । आइतबार पोखरामा बसेको एमाले संसदीय दलको बैठकले गुरुङलाई संसदीय दलको नेताका रुपमा चयन गरेको हो ।

यसअघि यो प्रदेशमा संसदीय दलको नेताका लागि सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले दावी गरेपनि आइतबार चुनावमा पृथ्वी सुव्वाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । एमाले दलको नेता चुनावमा उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसो सवा १ बजेसम्मको समय तोकिएको थियो । तोकिएको समयमा किरण गुरुङले उम्मेदवारी नदिएकाले पृथ्वी सुव्वा दलको नेतामा सर्वसम्मत भएपनि एमाले संसदीय दलको बैठकले सर्बसम्मतको औपचारिकता दियो । उम्मेदवार मनोनयन समयसिमा सकिए संगै शुरु भएको संसदीय बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेताको रुपमा निर्णय गरेको थियो । अर्का प्रत्यासी किरण गरुङले सिंगो राष्ट्र र बाम एकतालाई मध्यनजर गर्दै आफूँले पृथ्वीसुब्बा गुरुङलाई आर्फैँले प्रस्ताव गरेको बताउनुभयो । गुटबन्दी अन्त्य संगठनको हितका लागि आफँुले सर्वसम्मत बनाउने कोसिस गरेको दावी गर्नुभयो ।

यो संगै प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । संसदीय दलका नेता बने संगै पृथ्वीसुब्बा गुरुङले पार्टीको आवश्यकता अनुसार निशर्त रुपमा प्रदेश र सरकारकोे सम्बन्ध सुमधुर बनाउने एमालेले संसदीय नेताका रुपमा प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले केहि दिन मै बाम गठबन्धनको घटक संग समन्वय गरि निर्णयबारे प्रदेश प्रमुखलाई जानकारी गराउने बताउनुभयो । आइतबार चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए । पार्टीको लेकसाइडमा भएको वार्ताले किरण गुरुङलाई पार्टी भित्र सम्मानजक रुपमा व्यवस्थापन गर्ने सर्तमा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने गोप्य सहमति भएको जनाएको छ । बाम गठबन्धनले प्रदेश ४ मा मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादी केन्द्रले लिने सहमति गरिसकेका छन् । माओवादी केन्द्रले प्रदेश नम्बर ४ मा सभामुखका रुपमा नेत्र अधिकारीलाई चयन गरिसकेको छ । प्रदेश ४ मा फागुन ३ गते सभामुखको निर्वाचन हुदैछ ।

Advertisment