प्रदेश ४ मुख्यमन्त्री गुरुङले लिए नियुक्ती

भुपाल गुरुङ,
पोखरा २९ माघ ।

प्रदेश ४ मा सरकार गठनको प्रकृया शुरु भएको छ । प्रदेश नम्बर ४ मा नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सोमबार मुख्यमन्त्रीको नियुक्ती लिए संगै सरकार गठनको प्रकृया शुरु भएको हो ।

आइतबार मात्र संसदीय दलको नेता चयन हुनुभएका गुरुङले सोमबार प्रदेश प्रमुख बाबुराम कुँवारबाट नेपालको संविधान धारा १६८ उपधारा २ बमोजिम मुख्यमन्त्रीको नियुक्ती लिनुभएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रले सोमबार पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्ती गरिपाऊ भनि ३९ सांसद हस्ताक्षरित पत्र प्रदेश प्रमुखलाई बुझाएको थियो । पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुग्नु भएका गुरुङलाई प्रदेश प्रमुख कुवाँरले नियुक्ती पत्र दिनुभएको थियोे । नियुक्ती पत्र बुझे संगै गुरुङ बैधानिकता प्रदेश ४ को मुख्य मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री गुरुङले फागुन २ गते प्रदेश प्रुमख बाट सपथ ग्रहण गर्नुहुने छ ।

मुख्यमन्त्रीको नियुक्ती ग्रहण गरेपछि पत्रकारहरु संग कुरा गर्दै गुरुङले सरकार गठनको केहि महिना मै प्रदेश विकास र समृद्धिका लागि पाँच वर्षे अवाधकि योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता गर्नुभयो । उहाँले प्रदेशको विकासका लागि सबै दलको भुमिका सकारात्मक हुनुपर्ने भन्दै प्रतिपक्षीलाई पनि मिलाएर लैजाने बताउनुभयो । प्रदेश सरकार बारे एमाले र माओवादी बिच छलफल चलिरहेको भन्दै सपथ ग्रहणका बेला केहि मन्त्रीको सपथ संगै हुन सक्ने उहाँले संकेत गर्नुभयो ।

प्रदेश ४ मा एमाले २७ र कांग्रेस १३ माओवादी केन्द्रका १२, जनमोर्चा १ र नयाँशक्तीका २ सांसद छन ।

Advertisment