सुरु भयो सुर्दशन र पुजाको ‘रामकहानी’

 

भुपाल गुरुङ,
पोखरा, २ फागुन ।

नेपाली चलचित्र उद्योगमा छुट्टै छवि बनाएका निर्देशक सुर्दशन थापा र नायीका पुजा शर्माको सयुक्त लगानीमा निर्माण हुने चलचित्र रामकहानीको शुभमुर्हत गरिएको छ । पोखराको कास्कीकोट देउरालीमा शिवरात्रीको दिन पारेर चलचित्रको शुभमुर्हत गरिएको हो ।

शुभमुर्हत कार्यक्रममा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल र निर्देशक थापाले क्यामरामा पुजा गरि शुरु जानकारी गराएका थिए ।

४५ दिनको सेड्यूल बनाएर छायांकन सुरु गरिएको चलचित्रको पहिलो दिन कलाकारले टेक दिएका छन् । चलचित्र रामकहानी कमेडी लभस्टोरी जनरामा बन्न लागेको निर्माता एवम निर्देशक थापाले बताए ।

चलचित्रको कास्कीको देउरालीमा धमाधम छायांकन धमाधम भैरहेको छ । करिब २ साताको छाँयाङकन पछि कास्कीको कालाबाङ्ग होमस्टेमा सुटिङ्ग गरिने निर्देशक थापाले बताए । बाँकी छायांकन काठमाण्डौमा बताएको छ । चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको पनि अभियन हेर्न पाइनेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन छ । चलचित्रको कथा भने निर्देशक थापाले नै लेखेका हुन् । यस भन्दा अगाडि प्रेम गीत, म यस्तो गित गाँउछु लगायतका प्रतिष्ठित चलचित्र उद्योगलाई दिइसकेका निर्देशक थापा रामकहानी राम्रो बनाउने प्रयास गरिरहेको बताउँछन । चलचित्र भदौ २२ गते तीजको अवसर पारेर रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।

Advertisment