प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारी

भुपाल गुरुङ,
पोखरा, ३ फागुन ।

प्रदेश ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी चयन हुनुभएको छ ।

विहिबार पोखरामा बसेको प्रदेश सभा बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । नेकपा एमाले र माओवादी केन्द्र बिचको भागबण्डा अनुसार अधिकारी सभामुखमा निर्वाचित भएका हुन् । अधिकारीलाई माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमनले सभामुखमा चयन गरि पाऊ भनि प्रस्ताव पेश गर्नुभएको थियो भने त्यसलाई एमालेका सांसद किरण गुरुङले समर्थन गर्नुभएको थियो ।

बाम गठबन्धनले प्रदेश ४ मा मुख्य मन्त्री एमाले र सभामुख माओवादी केन्द्रले लिने गरि सहमति अनुरुप अधिकारीले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । सभामुखमा नेपाली कांग्रेस तथा अन्य दलबाट कुनै उम्मेदवार नभए पछि हाउसले सर्वसम्मत रुपमा अधिकारीलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित भएपछि पत्रकारहरु संग कुरा गर्दै अधिकारीले भामुख साझा पद भएकाले सबैलाई समेटेर संवैधानिक रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँले सभामुख बने संगै क्रियाशिल राजनितिबाट पाँच वर्षका लागि राजिनामाको घोषणा समेत गर्नुभयो ।
१० मिनेट बसेको प्रदेश सभा बैठकले प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्ती हुनुभएका पृथ्वीसुब्बा गुरुङलाई बधाई समेत दिएको छ । अर्को बैठक अगामी फागुन ६ गते दिउसो १ बजे बस्ने छ ।

Advertisment