प्रदेश ४ मुख्यमन्त्रीबाट सपथ ग्रहण, प्रदेश सरकारको पहिलो बैठकबाट निति तथा कार्यक्रम सार्वजानिक

 

भुपाल गुरुङ,
पोखरा ४ फागुन ।

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले प्रदेश प्रमुख बाबुराम कुवाँरबाट सपथ लिनुभएको हो ।
सपथ लिए पछि मुख्यमन्त्री गुरुङले मुख्यमन्त्रीको कार्यालय पोखरामा गएर पदभार ग्रहण समेत गर्नुभयो । मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले सुशासन र आर्थीक उन्नति र समृद्धि प्रमुख एजेण्डा रहने बताउनुभयो । उहाँले प्रदेशलाई आवश्यक कानुनहरु निर्माण गरि नयाँ बजेटमा प्रदेश सरकार केन्द्रीत हुने बताउनुभयो ।

प्रदेश ४ को पहिलो मन्त्रिपरिषद बैठक पनि शुक्रबार नै बसेको छ । दुई सदस्यिय मन्त्रीपरिषद बैठकको पहिलो बैठकले सम्पुर्ण शहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश सार्वजानिक प्रमाणिकरण, कार्यसम्पादन नियावाली र प्रदेश सभा कार्यविभाजन नियमावाली २०७४ स्वीकृत गरेको प्रदेश छ ।

बैठकले मन्त्री बस्नेतलाई प्रदेश सरकारको प्रवक्ता समेत तोकेको छ । बैठकले सरकारको नितिहरुमा पाँच वर्ष भित्र प्रदेशमा अन्र्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र स्थापना, उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत दुई वर्ष भित्र सबै गाँउ वस्तीमा विद्युत तथा खानेपानी उपलब्ध गराउने, अगामी पाँच वर्षमा प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न क्यान्सर, मुटुरोग तथा मृगौला उपचार केन्द्रको स्थापना आरम्भ, सम्पुर्ण स्थानिय तहलाई प्रदेश राजधानी संग जोड्ने सडक सञ्जाल निर्माण गर्ने, विभिन्न जाति, जनजाति झल्कने बहुसांस्कृतिक मल्टीकल्चर भिलेज स्थापना, सेवाग्राहीलाई विद्युतिय सेवामा प्रेरित गर्ने लगायतको निर्णय भएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताउनुभयो ।

नवनियुक्त मन्त्री बस्नेत एमाले गोरखाका अध्यक्ष समेत हुन् । सपथ ग्रहण कार्यक्रममा सत्ता साझेदर दल माओबादी केन्द्रबाट भने कसैले सपथ लिएनन् ।

Advertisment