पोखरामा बम पड्किदा पत्रकार र प्रहरी घाईते

 

भुपाल गुरुङ,
पोखरा, ८ फागुन ।

पोखराको बिजयपुर खोलामा बम पड्किदा २ जना घाइते भएका छन् ।

मंगलबार नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका क्रममा शंकास्पत बस्तु फेला परे पछि घट्नास्थल पुगेका पत्रकार घनश्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुल बहादुर खत्री घाईते भएका हुन् ।

घाइते पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ भने प्रहरी जवान खत्रीको घाँटीमा चोट लागेको छ । दुवै घाइते खतरा मुक्त रहेको अस्पताले जनाएको छ । घाइते दुवैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते पाण्डे गण्डकी मिडियामा हाउसमा कार्यरत छन् । बम कसले राख्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आह्वान गरेका बन्दले पोखरामा आंशिक प्रभाव पारेको छ । पोखरामा सार्वजानिक यातायात चलेका छैनन् भने आंशिक रुपमा बजार खोलेका ।

Advertisment