परराष्ट्र मन्त्रालय लिएर सरकारमा जाँदै उपेन्द्र यादव, सम्भवता आजै सपथ

काठमाडौं, १४ फागुन ।
संघीय समाजवादी फोरम नेपाल नयाँ सरकारमा सहभागी हुन राजी भएको छ। संविधान संशोधनमा सत्ता पक्षीय दल सकारात्मक भएपछि संघीय समाजवादी फोरम नयाँ सरकारमा महत्वपूर्ण मन्त्रालयसहित सहभागी हुन तयार भएको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार भएको छलफल सकारात्मक बनेपछि यादव सरकारमा जान राजी भएका हुन्। ‘आवश्यकता हेरेर संविधान संशोधन गर्दै जाने विषयमा सहमती बनेको छ, संशोधनमा एमाले पनि सकारात्मक देखिएको छ। अब उपेन्द्र यादव पनि सरकारमा आउनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो। बालुवाटारमा सकारात्मक कुराकानी भएपछि पार्टीभित्र छलफल गर्छुु भन्दै उपेन्द्र यादव निस्किएको एक नेताले बताए। वाम गठबन्धनले संशोधनमा आफूहरु लचक हुने भन्दै समान एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा आउन फोरम र राजपा नेपाललाई आग्रह गरेका थिए।

फोरमका एक नेताका अनुसार संशोधनमा एमाले र माओवादी केन्द्र सकारात्मक देखिएकाले सरकारमा सहभागी हुने सम्भावना बढेको नेपाल लाइभलाई बताए। ‘कुरा सकारात्मक देखियो, अब कार्यदल बनाएर सहमतीका बुँदा सार्वजनिक हुन्छ। आजै त हुँदैन तर भोलिसम्म हामी पनि सरकारमा जान सक्छौं,’ उनले भने। वाम गठबन्धनले परराष्ट्र मन्त्रालयसहित सरकारमा सहभागी हुन उपेन्द्र यादवलाई प्रस्ताव गरेको छ।

Advertisment