पोखरा बैदाम प्रहरी प्रमुखमा डिएसपी कार्की आए

 

पोखरा, १४ फागुन ।

इन्सपेक्टर प्रमुख रहदै आएको पोखराको वडा प्रहरी कार्यालय बैदाममा अबदेखि डिएसपी खटिने भएका छन्। प्रहरी प्रधान कार्यालयले बैदाममा डिएसपी खटाउन थालेको हो।

डिएसपी नवीन कार्कीलाई बैदाममा सरुवा गरिएको छ। गत शुक्रबार उनलाई त्यहाँ काज सरुवा गरिएको हो। पोखराको पर्यटकिय क्षेत्र र मुख्य बजारको सुरक्षा हेर्नुपर्ने भएकाले उक्त कार्यालयको स्तरोन्नती गरी डिएसपी खटाउन थालिएको प्रहरी प्रधान कार्यालयका बताएको छ । बैदम प्रहरी प्रमुखका रुपमा आउनका लागि जुनसुकै प्रहरी अधिकृतहरुले इच्छा व्यक्त गर्छन । तर प्रहरी भित्रको राजनितिले राम्रा भन्दा पनि हाम्रा अधिकृतहरु बैदम प्रहरी प्रमुख भएर आउछन ।

Advertisment