८४ वर्ष पुगेको अवसरमा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण

 

भुपाल गुरुङ
पोखरा, १९ फागुन ।

मोदी गाँउपालीका ८ चित्रे पर्वतका समाजसेवी चन्द्रकुमारी गुरुङले वृद्धाश्रममा सहयोग गर्नुभएको छ ।

हाल पोखरा लेखनाथ १६ बटुलेचौर बस्दै आउनुभएका गुरुङले आफँु ८४ वर्ष पुगेको अवसरमा पोले १४ स्थित बाच्छीबडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा गएर फलफुल तथा खाद्यान्न वितरण गर्नुभएको हो । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई गुरुङ आफैँ उपस्थित भएर करिव २५ हजार बराबरको फलफुल तथा खाद्यान्न वितरण गर्नुभएको हो । आफ्नै उमेर समुहका वृद्धवृद्धालाई सहयोग गर्न पाउँदा खुसी लागेको समाजसेवी गुरुङले बताउनुभयो । उहाँले आउने दिनमा पनि सहयोग गरिराख्ने प्रतिवद्धता गर्नुभयो । विंस १९९० मा जन्मिनु भएका गुरुङको दुई छोरा दुई छोरी हुनुहुन्छ ।

खाद्यान्न वितारण कार्यक्रममा सहभागी गुरुङका छोरा इन्द्र बहादुर गुरुङले आमा कै इच्छा अनुसार वृद्धाश्रममा सहयोग गरेको बताउनुभयो । विभिन्न सामाजिक संघसंस्थामा सहयोग गरिरहने आमा चन्द्रकुमारीले यसपटक वृद्धाश्रममा सहयोग गर्ने इच्छा व्यक्त गरेपछि वृद्धाश्रममा पुगेर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले अगामी दिनमा वृद्धाश्रमको आवश्यकता अनुसार सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रममा उहाँले प्रत्येक वृद्धवृद्धालाई केहि नगद समेत सहयोग गर्नुभएको थियो । वात्स्यायन वृद्धाश्रममा हाल विभिन्न जिल्लाका १८ जना वृद्धवृद्धा बस्दै आएका छन् ।

Advertisment