प्रदेश ४ को बैठकमा सभा संचालनार्थ नियमावली मस्यौदा टेबुल

 

भुपाल गुरुङ,
पोखरा, २१ फागुन ।

प्रदेश ४ को सोमबार बसेको बैठकले प्रदेश सभा संचालन नियमावली मस्यौदा टेबुल र कार्यव्यवस्था परामर्श समिति सदस्य थप गर्ने प्रस्ताव पास गरेको छ ।
पोखरामा बसेको बैठकले प्रदेश सभा संचालन नियमावली २०७४ मस्यौदा संशोधन गर्नुपर्ने भएपछि टेबुल गर्ने भएको छ । मस्यौदा नियमावलीलाई अन्तिम रुप दिन सोमबार बसेको समितिको बैठकबाट सहमति नभए पछि संशोधनका लागि टेबुल गरिएको हो । बैठकमा नियमावली मस्यौदा समितिका सभापति प्रभा कोइरालाले टेबुलका लागि प्रतिवेदन पेश गर्नुभएको थियो ।

संविधानको धारा १९४ अनुसार प्रदेशसभाले आफ्नो कार्य सञ्चालन, बैठकको सुव्यवस्था कायम राख्न र विभिन्न समितिहरूको गठन, काम, कारबाही र समितिसम्बन्धी अन्य विषय नियमित र प्रभावकारी बनाउन नियमावली आवश्यक रहेको हो ।

त्यसैगरी बैठकले परामर्श समितिमा प्रमुख तिन दलका तिन सदस्य थप गरेको छ । समिति सदस्यमा नेपाली कांग्रेसका तर्फबाट कुमार, ख्डका, एमालेबाट कृष्ण बहादुर थापा, माओवादी केन्द्रबाट रामजी प्रसाद बराललाई थप गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार १ बजेका लागि बोलाइएको बैठक नियमावली मस्यौदा समितिमा सहमति हुन नसक्दा बेलुका ४ बजे करिव ८ मिनेट बसेको थियो । अब प्रदेश ४ को बैठक अगामी २५ गते दिउसो १ बजे बस्नेछ । फागुन २५ गते बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी छ ।

Advertisment