पोले नगरसभा द्धारा सभा संचालन कार्यविधी पारित

 

भुपाल गुरुङ,
पोखरा, २८ फागुन ।

पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभाले सभा संचालन कार्यविधि पारित गरेको छ ।

सोमबार पोखरामा बसेको नगरसभामा विधेयक समितिका संयोजक शोभामोहन पौडेलले पेश गर्नुभएको कार्यविधी संचालन प्रस्तावलाई सभाले पारित गरेको हो । सभाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सभामा छलफलका लागि पेश समेत गरेको छ । सभामा महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी ब्यवस्थापन ऐन, शिक्षा कार्यविधी, एफ एम रेडियो संचालन कार्यविधी, योजना आयोग गठन फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसंग महिला कार्यक्रमको निर्देशिका लगायतका निति तथा कार्यविधी संयोजक पौडेलले प्रस्ताव गर्नुभएको छ ।

सभामा सभामुख समेत रहेका महानगर मेयर मन बहादुर जिसीले प्रस्तुत विधेयक अध्ययन गर्न आधा घण्टाको समय दिए पनि नगर सभासदहरुले समय प्रशस्त नभएको भन्दै समय माग गरे पछि अगामी चैत्त ६ गते सम्मका लागि सभा स्थागित गरिएको छ । सभा अब चैत्त ६ गते बस्ने जनाएको छ ।

महानगरले झण्डै १ सय २५ वटा कानुन तथा कार्यविधी तयार गर्दैछ । कानुनको बिधेयकमाथी छलफल गर्न र निर्णयका लागि वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा विधायन समिति गठन गरेको छ । समितिमा वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का खगराज आचार्य सदस्य छन् ।

Advertisment