थोरै गल्तीले ठुलो क्षति, खुल्यो विमान दुर्घाट्नाको रहस्य, कारण यस्तो ?

 

काठमाडौं, २८ फागुन ।

सोमबार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा भएको युनाइटेड बगलादेश एयरको विमान दुर्घाट्ना भयो । दुर्घाट्ना हाल सम्म ४९ जनाले ज्यान गुमाइसकेका छन भने २१ जना घाइते छन । घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिउसो २ बजे तिर भएको विमान दुर्घाट्नामा ३३ जना नेपाली रहेको बताएको छ । विमान दुर्घाट्नाको प्रमुख कारण कन्ट्रोल रुमको आदेश विपरित पाइटलले ल्यान्ड गर्न खोज्दा विमान दुर्घटना भएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्त विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो।

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने – एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए। तर, पाइलटले मानेनन। उत्तरदेखि अवतरण गर्न अनुमति मागे। विमान उत्तर पूर्वतिर गयो। फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए। विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो।’

हालसम्म विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । प्रहरीका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् ।

Advertisment