पोखरामा मोटरसाइकल चोरी गर्ने १९ पक्राउ, ८ मोटरसाइकल फेला

भुपाल गुरुङ,
पोखरा १२ चैत्र  ।

संगठन नै बनाई कास्की लगायत छिमेकी जिल्लाहरुमा मोटरसाइलकल चोरी गर्ने एक समुहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बाइक चोरी गरेको आरोपमा कास्की प्रहरीले पोखरा र भिमाद गरि १९ जनालाई पक्राउ गरि सोमबार सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा १ भारती नागरिक र अन्य नेपाली रहेका छन् । पक्राउ पर्नेहरुमा भिमाद गाउपालिका ६ माझकोट तनहुँका दिबश राना, पोखरा लेखनाथ महानगरपालीका वडानम्बर १० रामवजार बस्ने बिकाश क्षेत्री, रामवजार कै अभिषेक सुनार ,.बुङदिकाली गाउपालिका ३ सिउने बस्ने युवराज रुचाल , , भिमाद नगरपालीका बागटार बस्ने कृत बहादुर नेपाली, सोहि स्थानमा बस्ने १९ अर्जुन नेपाली, इनुरुवा नगरपालिका २० गोटवडिवा बाराका उचिर चुरिहार, भिमाद नगरपालिका ४ पिरुङ तनहुँका सुनिल थापा र . हरिनाथ गाँउपालीका ७ चाङसिङ स्याङजा का मदन चन्द ठकुरी, हिरा सिंह थापा र डोलराज चन्द्र ठकुरी रहेका छन् ।

त्यसैगरी हरिनाथ गाँउपालीका ६ का अरुण आले, हरिनाश गाँउपालीका २ गुरुजाका ओम राना, हरिनाश गाँउपालीका ४ गिरकोट स्याङजाका रेशम आले, भिमाद नगरपालीका ७ पिरुङ तनहुँ का लक्ष्मण परियार, सुरज राना, विरगंज गाँउपालीका १ त्रिवेणीका रामबाच दास र मोतिहारि जिल्ला सिक्ता भारतका संम्शाद आलम रहेका छन् जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम प्रहरी उपरीक्षक अशोक सिँहले बताए ।
प्रहरीले २ जनालाई बाइक चोरी गरिरहेको अवस्थामा फेला परेपछि अनुसन्धानका क्रममा अन्य पक्राउ गरेको जनाएको छ । चोरीमा संलग्न समुहबाट प्रहरीले बजाज कम्पनीका ९ वटा चोरीका बाइक समेत फेला परेको छ । चोरीमा संलग्न समुहले ग्यारेजमा काम गर्ने भारतिय नागरिक संम्शाद आलमलाई प्रयोग गरि चोरी गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार समुहले तनहँुको भिमादका डिलर नै बनाई चोरीका मोटरसइकल बेच्ने गरेको समेत बताएको छ । विशेष गरि पोखराको नयाँ बजार, पृथ्वचिोक, न्युरोडबाट यिनीहरुले बाइक चोर्ने गरेको खुलेको छ । पक्राउ पर्नेहरु विरुद्ध कास्की प्रहरीले अनुसन्धान गरि संगठानिक अपराध र चोरी मुद्धा चलाइने बताएको छ ।

Advertisment