प्रदेश ४ को मन्त्री परिषदले पायो पुर्णता

 

भुपाल गूरुङ,
पोखरा, १२ चैत्र  ।

प्रदेश ४ को सरकारले पुर्णता पाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको एक महिना पछि सोमबार नेकपा एमालेका तर्फबाट तिन जना मन्त्री थपिए पछि प्रदेश सरकारले पुर्णता पाएको हो ।

मन्त्री हुनेमा तनहुँका किरण गुरुङ आर्थिक मामिला तथा योजना, पर्वतका विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरण र म्याग्दीका नरदेवी पुन सामाजीक विकास मन्त्रीको रुपमा प्रदेश प्रमुख बाबुराम कुवाँरबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यो संगै प्रदेश ४ को मन्त्रीपरिषद सात सदस्यिय पुगेको छ ।

यस अघि एमालेबाटै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बनेका रामशरण बस्नेतलाई भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । उनि प्रदेश ४ सरकारका प्रवक्ता समेत हुन् । प्रदेश ४ मा तनहुँका हरि बहादुर चुमानले आन्तारिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेख बहादुर थापाले कृषि तथा सहकारी मन्त्री भइसकेका छन् । प्रदेश ४ मा नेकपा एमालेले मुख्यमन्त्री सहित ४ मन्त्रालय र माओवादी केन्द्रले २ मन्त्रालय लिएको छ ।

Advertisment