पोखराका महिलालाई अन्र्तक्रिया र प्रशिक्षण

पोखरा, १३ बैशाख , नगर महिला समन्वय समिति पोखराले बुधवार दुइदिने स्थानिय तहमा निर्वाचित महिला सदस्य तथा नेतृत्व तहरुमा पुगेका महिलाहरुसँग अन्तरक्रिया तथा विविध विषयमा प्रशिक्षण कार्यक्रा शुरु गरेको छ। दुइदिने कार्यक्रममा महिला नेतृहरुसँग अन्तरक्रियाका साथै कानुनी परामर्श, अख्यितार सम्बन्धी, मानव सडकमुक्त क्षेत्र, महिला तथा बालबालिकाको शान्ति सुरक्षा लगायतका विषयहरु समावेश गरिएको छ ।

पोखरा १० रामबजारस्थित भमरकोटा पार्टी प्यालेसमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुहुदै महानगरका महिलालाई अधिकार सम्पन्न गर्न आफु जुटिरहेको बताउनुभयो।आर्थिक रुपमा स्वावलम्वी नभएसम्म समान हैसियत निर्माण गर्न नसक्ने भएकाले स्वरोजगार, क्षमता अभिबृद्धिका साथै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, महानगरभित्रका महिलालाई कानुनी सहायतासहित सेवा प्रदान गर्न आफुहरु कटिरहेको बताउनुहुदै पोखरालाई समृद्ध बनाउन महिलाहरुले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष उत्तम जोशीले महिलालाई अधिकार सम्पन्न र अवसर प्रदान गर्न घरैदेखि वातावरण आवाश्यक रहेको बताउनुभयो ।

जननिर्वाचित वडा नं। १० की कार्यवाहक अध्यक्ष निशा मल्ल ठकुरीले हरेक क्षेत्र, तहरुमा महिला पुरुष समान हैसियत, समानुपातिक सहभागिता, लैगिक हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का वक्ता गंगा पराजुली पौडेलले जननिर्वाचितहरुले नगर महिला समन्वय समिति माथि नै प्रश्न चिन्ह गर्ने गरेकोमा दुख व्यक्त गर्नुहुदै समाज निर्माणको अभियानमा जुटेका सचेत महिला समन्वय समितिसँग सहकार्य गर्न महानगरपालिकालाई आग्रह गर्नुभयो ।

पहिलो दिनको कार्यक्रमका अख्तियार केहो, यसले के गर्छ भन्ने बारेमा अख्तियरा दुरुपयोग आयोग क्षेत्रीय कार्यलय पोखराका प्रमुख काशिराज दाहाल, महिलाका अधिकार, महिला हिंसा, नागरिक लगायतका विषयमा अधिवक्ता जुनाकुमारी तमु, मानव सडकमुक्त क्षेत्र बारेमा अभियानका होमनाथ शर्माले जानकारी गराउनुभएको थियो ।

अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम नगर महिला समन्वय समिति पोखराका ३३ वटै वडाबाट महिलाहरुको बृहत सहभागिता रहेको थियो ।

Advertisment