कास्कीमा ट्राफिक सप्ताह शुरु

भुपाल गुरुङ,
पोखरा १४ बैशाख

जिल्ला ट्राफिक कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्कीले ट्राफिक सचेतना सम्बन्धि जनचेतनामुलक ट्राफिक सप्ताह शुरु गरेको छ ।

शुक्रबार देखि शुरु भएको सप्ताहमा प्रभातफेरी देखि चालक परामर्श, आमा समुह, स्कुल विद्यार्थीलाई ट्राफिक सचेतना, जेब्राक्रसमा स्वयमसेवक परिचालन, रेडियो संवाद, प्याराग्लाइडिङ्ग चालक तथा ड्राइभिङ्ग इन्स्टीच्युटहरुलाई सचेतना कक्षा लगायतका कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लले जानकारी दिए ।

सवारी दुर्घाट्नाका कारण दैनिक ज्यान गुमाउनु परेको भन्दै न्युनिकरणका लागि ट्राफिक सचेतना सप्ताह शुरु गरिएको बताएको छ । बैशाख २३ गते सम्म गरिने ट्राफिक सप्ताहको पहिलो दिन पत्रकार सम्मेलन, बैशाख १५ गते समन्वय बैठक, बैशाख १७ गते प्रभात फरी, पर्चापम्लेट वितरण, चालक परामर्श, बैशाख १८ गते जेब्राक्रस स्वयमसेवक परिचालन, र अमरसिंह उच्चमावी र महेन्द्र उच्चमावीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद, बैशाख १९ गते ड्राइभिङ्ग इन्ष्टीच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना, बैशाख २० गते प्याराग्लाइडिङ्ग चालकहरुलाई ट्राफिक सचेतना र प्यारामाउण्ड बोडिङ स्कुलमा सचेतना कक्षा, चालक परामर्श, बैशाख २१ गते आमा समुहहरुलाई सचेतना कक्षा, चालक परामर्श, बैशाख २२ गते चालकका लागि ट्राफिक कक्षा, बाराहि उच्च मावीमा सचेतना कक्षा र बैशाख २३ गते फिल्म हलहरुमा अडियो क्लिप शो, र समापन गरिने प्रहरी निरिक्षक मल्लले बताए ।

कास्की जिल्लामा ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन सबै नागरिकको अहम भुमिका हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम प्रहरी उपरीक्षक अशोक सिंहले बताए । ट्राफिक मात्रैले ट्राफिक व्यवस्थापन गर्न नसकिने भन्दै जनसहभागीताको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

Advertisment