मोदीले पोखरामा भुपु सैनिकहरुलाई सम्बोधन गर्ने

 

भुपाल गुरुङ,
पोखरा १९ बैशाख ।

भारतिय नरेन्द्र मोदीले पोखरामा भारतिय भुतपुर्व सैनिकहरुलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल भ्रमणका लागि बैशाख २८ गते जनकपुर आउँदा मोदीले धार्मीक क्षेत्र मुक्तीनाथ मन्दीरको दर्शन गरि पोखरा हुदै फर्किने कार्यक्रम छ । पोखरामा हेलिक्योप्टरमा इन्धन भर्न रोकिने भनिए पनि मोदीले पोखरा रामबजार स्थित भारतिय राजदुतावास पेन्सन वितरण केन्द्रमा भुतपुर्व भारतिय सैनिक परिवारलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

बैशाख २८ गते नै पोखरा रामबजार स्थित भारतिय राजदुतावास पेन्सन वितरण केन्द्रमा भारतिय प्रधानमन्त्री मोदी आउने भएपछि भुतपुर्व भारतिय सैनिक, घाइते तथा असहाय परिवार हौसिएका छन् । उनिहरुले मोदी समक्ष समस्या र मागहरु बारे अवगत गराउने तयारी समेत गरेका छन् । स्रोतका अनुसार भारतका पक्षमा विभिन्न लडाई लडेर घाइते भएका भारतिय भुतपुर्व सैनिकहरु मोदी समक्ष माग र समस्या अवगत गराउने बुझिएको छ । मोदीले पेन्सन क्याम्पमा भुतपुर्व सैनिकहरुलाई सम्बोधन गरेपछि पोखरा विमानस्थल हुदै काठमाडौँ फर्किने छन् ।

पोखरामा मोदीको बसाई लम्बाउन पोखराका पर्यटन व्यवसायी, उद्योग व्यापारी, विभिन्न संघसंस्था, व्यक्तिहरु लागिपरे पनि सम्भव भएको छैन । जनकपुरबाट मुक्तीनाथका लागि मोदी आउने कार्यक्रम भने यस अघि नै तय भइसके पनि पोखरा आउने बारे स्थानिय प्रशासनले औपचारिक जानकारी भने दिइएको छैन ।

Advertisment