पोखरामा खुल्यो सेन्टरप्वाइन्ट रोधीघर

 

पोखरा २८,  बैशाख ।

दिउसोको समयमा खाजा र बेलुका दोहोरीको मजा दिने उद्देश्यले पोखराको मुटु महेन्द्रपुलमा हालै सेन्टरप्वाइन्ट रोधीघर सञ्चालनमा आएको छ । दिउसो खाजा र बेलुका लोकदोहोरीका पारखीहरुलाई दोहोरी मार्फत मनोरन्जन प्रदान गर्ने उद्देश्यले पोखराका चार जना युवाहरु मिलेर सेन्टरप्वाइन्ट रोधीघर सञ्चालनमा ल्याएका हुन ।

सेलवेजको भवन संगै रहेको रोधीघरमा अपराह्न्न दुइ बजेदेखी विभिन्न खाजाका परिकारहरु उपलब्ध गराइने र विभिन्न सभा, सेमीनार, गोष्ठीहरु सञ्चालनका लागी १ सय ५० जना क्षमता भएको एसी सहितका दुइवटा हलहरु समेत उपलब्ध भएको रोधीघरका सञ्चालक उत्तम गुरुङले वताए ।

गुरुङका अनुसार दुइवटा हलहरुको समेत ब्यवस्था भएकाले विभिन्न संघ सस्थाहरुले आफ्नो कार्यक्रमहरु सञ्चालन गर्नका लागी १ सय ५० जना मानिस अट्ने एसी सहितका सभाहल रोधीघरमा रहेका छन । रोधीघरमा दिउसोको समयमा खाजा र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने र सांझ ७ बजेवाट स्थानिय ख्याति प्राप्त कलाकारहरुबाट लोकदोहोरी मार्फत पारिवारिक वातावरणमा मनोरन्जन प्रदान गरिने छ ।

रोधीघरमा चर्चित गायक गायिकाहरु दिवश थापा मगर, सुरज थापा मगर, धन थापा मगर, निश्चल दवाडी, नारायण भट्टराइ, रमा राना मगर, भवि मगर, शुसिल गायक लगायतका कलाकारहरुको लोकदोहोरी प्रस्तुती मार्फत मनोरन्जन लिन सकिनेछ । एक करोडको लगानीमा सञ्चालनमा आएको रोधीघरमा पोखराका युवाहरु उत्तम गुरुङ, सुविन गुरुङ, शुरेस गुरुङ र गोविन पुनको लगानी रहेको छ ।

Advertisment