न्यूनतमको कार्यक्रममा अधिकतम भाषण, ऐन कार्यान्वयन नगर्ने मिडियालाई कारबाही हुन्छ –पराजुली

लिबाङ ९रोल्पा ० जेठ ३ गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले ऐन कार्यान्वयन नगर्ने मिडियालाई कारबाही गरिने बताउनु भएको छ ।
समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ रोल्पाको संयोजनमा यसैसाता रोल्पाको लिबाङमा सम्पन्न “श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
“ऐन कार्यान्वयन भएमात्र पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन सकिने तथा पत्रकारिता क्षेत्रको उल्लेखनीय विकास हुने भएतापनि अझैपनि कतिपय मिडिया हाउसले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गरेका छैनन्” उहाँले भन्नुभयो । ऐन कार्यान्वयन गर्नका लागि सबभन्दा पहिले पत्रकारलाई अनिवार्य रुपमा नियुक्ति पत्र दिनुपर्ने र उसको दाम तथा कामका बारेमा स्पष्ट उल्लेख गर्नुपर्ने उहाँको सुझाव छ । पत्रकार जिम्मेवार भएमात्र ऐन कार्यान्वयन हुन सक्ने पराजुलीले बताउनु भयो ।
“ऐनले श्रमजिवी पत्रकार तथा संचार क्षेत्रका लागि धेरै ब्यवस्था गरेको छ तरपनि यी ब्यवस्थाका बारेमा कतिपय मिडिया तथा मिडियाकर्मीहरु जानकार नभएको र कतिपय अवस्थामा जानकार हुँदाहुँदैपनि कार्यान्यवयन हुन नसक्नु दुःखद पक्ष हो । यसरी नियम विरपित श्रम शोषण गर्ने तथा अझैपनि ऐनको पूर्ण कार्यान्वयन नगर्ने मिडिया हाउसलाई सरकारले विभिन्न सेवासेवा सुविधाबाट बञ्चित गर्नुपर्छ ” उहाँले भन्नुभयो ।
यसैवीच अध्यक्ष पराजुलीले काम अनुसार दाम पाउनका लागि पत्रकारहरुले पनि आफ्नो क्षमता अभिबृद्धि गर्नेपर्नेमा जोड दिनुभयो । अबको स्थानीय सरकार हिजोको सिंहदरबार भएको हुँदा स्थानीय सरकारले अबका दिनमा नीति नियम तथा ऐन कानून बनाउदा संचारमैत्री बनाउनु पर्ने सुझाव दिनुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै जलजला एफएमका अध्यक्ष तथा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जिल्लामा संचालनमा रहेका सबै मिडियाहरु आर्थिक अभावका कारण भयावह अवस्थाबाट गुज्रिरहेको बताउनु भयो । रोल्पा नगरपालिकाले जिल्लामा संचालित सबै मिडिालाई बराबरी रुपमा विज्ञापन उपलब्ध गराएको भएपनि यो मात्र मिडिया संचालनका लागि पर्याप्त नहुने भन्दै स्थानीय तहहरुले सबै मिडियालाई समान रुपमा विज्ञापन उपलब्ध गरउनु पर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो “मिडिया नै नरहे कसरी श्रमजिवी पत्रकारको कुरा आउला ररु त्यसैले जिल्लामा संचालनमा रहेका सबै मिडिया बचाउन तर्फ सरोकारवाला सबै लाग्नुपर्छ ।
कार्यक्रमका अर्का बक्ता मालस्री एफएमका संचालक तथा नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरले अबको पत्रकारिता रोग, भोक, गरीवी र अशिक्षाले पिल्सिीदै आएको रोल्पा र रोल्पालीको कथा समेटिएको हुनुपर्नेमा जोड दिनुभयो । भोकै बसेर कलम चलाउन नसकिने भएको हुँदा राज्यले पनि पेशागत रुपमा पत्रकारिता गर्ने पत्रकारहरुको भविष्यका बारेमा सोंच्नुपर्ने बेला आएको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले श्रमको सवालमा संझौता नगर्न सबैलाई सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो “मिडियाले हरेक क्षेत्रको विकास र समृद्धिमा क्रियाशिल तथा सशक्त भूमिका निर्वाह गरेका हुन्छन् । त्यसैले श्रमजिवीले श्रमको मूल्य पाउनु पर्छ । श्रम शोषण गर्ने अधिकार कसैलाई हुँदैन । यदि श्रमको मूल्य दिन सकिदैन भने त्यस्ता मिडियाहरु संचान नगर्न उहाँको सुझाव छ । हामी अरुको सूचना प्रवाह गर्नेमान्छे आफै शोषणमा पर्नु हुँदैन” उहाँले भन्नुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिकाका वडा अध्यक्ष नवराज आचार्य, नेपाल पत्रकार महासंघ ५ नं। प्रदेशका प्रमुख मौसम रोका मगर, रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, बर्दिया शाखाका अध्यक्ष राजेन्द्र धिताल, दाङ शाखाका सचिव भुपेन्द्र वली, महासंघ रोल्पामा दोश्रो कार्यकालका अध्यक्ष महेश न्यौपाने, पत्रकार डीवी घर्तीमगर, विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायत जिल्लामा क्रियाशिल संचारकमीहरुको सक्रिय उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकको अधयक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव हर्क घर्तीमगरले गर्नुभएको थियो भने उपाध्यक्ष दारासिंह डाँगीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले जिल्लामै यस किसिमको कार्यक्रम संचालन हुनुले आफूहरुलाई पारिश्रमिकका बारेमा जानकारी हुनुका साथै थप हौसला प्रदान भएको बताएका छन् ।

Advertisment