पार्टी धुव्रीकरण स्वाभाविक प्रकृया : भट्टराई

भुपाल गुरुङ,
पोखरा ५ जेठ ।

नयाँ शक्ती नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्र विचको पार्टी एकता स्वाभाविक प्रकृया भएको बताउनुभएको छ ।

पोखरामा संसदीय पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक भट्टराईले पुराना पार्टीहरु बिचको धुव्रिकरण कुनै नौलो नभई प्रकृया भएको औल्याउनुभएको हो । पुर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले एकिकृत भई बनेको नेपाल कम्युनिष्ट पार्टी पाँच वर्ष सम्म चुनावी क्षेत्र कायम राख्ने कार्य भएको बताउदै त्यसपछि जनताको विकल्प खोज्ने जिकिर गर्नुभयो ।

नेता भट्टराईले माओवादी केन्द्रलाई एमालेमा मर्जर गराएको आरोप लगाउदै आकार मात्र बढाएर नहुने बताउनुभयो । पार्टी मर्जर गरेर पाँच वर्ष बहुमतले सरकार चलाउने काम मात्र नभई पार्टीको सिद्धान्त परिवत्र्तन हुनुपर्ने उहाँको जोड छ । उहाँले नेपालमा विकासको आवश्यकता रहेको भन्दै गुणात्मक ढंगाले विचारको विकास गरेर उन्नत प्रकारको समाजवाद तर्फ जानुपर्ने भनाई छ ।

संयोजक भट्टराईले नजिकका दुवै मित्र राष्ट्रहरु बिचको सम्बन्धलाई सन्तुलन राखेर अगाडि बढ्नुपर्ने सुझाउनुभयो । नेपालमा कांग्रेस र कम्युनिष्ट दुई धार स्थापित भई कार्यभार पुरा भएको भन्दै अब नयाँ दिशामा जान सबै शक्तीहरु रुपान्तरित भएर जानुपर्ने नेता भट्टराईको भनाई छ । उहाँले नयाँ शक्ती पार्टीले वैज्ञानिक सोँच राखेको भन्दै दिर्घकालिन असर देखिने बताउनुभयो ।

Advertisment