कास्कीमा ठुलो परिमाणमा लागु औषध सहित १० जना प्रक्राउ

 

भुपाल गुरुङ,
पोखरा ७ जेठ ।

कास्की प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित १० जनालाई पक्राउ गरेको छ ।

कास्कीका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा प्रहरीले पोखरा लेखनाथ महानगरपालिका १८ का ईश्वर परियार, वडानम्बर ६ का लक्ष्य परियार, वडानम्बर ५ का दिपेश थापा, वडानम्बर २५ का सन्जिव पुर्जा मगर, वडानम्बर १८ का राजेश विक, भुर्जङखोला कास्कीका अरविन वास्तोला, नवलपुर ७ सर्लाहीका निरज कार्की, निलकण्ठ नगरपालिका १३ धादिङ्गका सुमन भन्ने कर्ण बहादुर गुरुङ, पालुङ नगरपालीका २ मककवानपुरका कर्ण बहादुर गोले, र तार्केश्वर गाँउपालीका ३ नुवाकोट घर भई हाल माछापोखरी काठमाडाँै बस्ने जुठ भन्ने विष्णु परियारलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक ओम रानाले बताउ ।

प्रहरीले उनिहरुको साथबाट करिव ६ केजि चरेस, ५ सय ४ थान डाइजोपाम, ५ सय ४ थान फनेरागन, ५ सय ४ थान नै नफिन र १ सय १८ चक्कि नाइट्रोसन समेत बरामत गरेको छ । एक साता अघि मात्र कास्की प्रहरी प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक रानाले स्वीप अप्रेसन संचालन गरेका छन् । स्वीप अप्रेसन अन्र्तगत कास्की प्रहरीले अदालतबाट कैद सजाय तोकेका तर फरार पोखरा लेखनाथ महानगरपालिका २७ का अनिल सुनार र सन्दिप सुनारलाई पक्राउ गरेको छ भने पोखरा महानगर भित्र अबैध यौन धन्दा चलाएको आरोपमा १ पुरुष सहित ५ जना महिलालाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । त्यसैगरी कास्की प्रहरीले मदिरा बनाउन प्रयोग गरिने करिव ४२ सय ५० लिटर कच्चा पदार्थ र ३ सय ५० लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ ।

Advertisment