अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव सम्पन्न, नेपाललाई दश वर्षभित्र नया“ गतिमा लैजाने प्रचण्डको उद्घोष

 

घान्द्रुक, २० जेठ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार समापन भएको छ । महोत्सवको तेस्रो एवं अन्तिम चरण जेठ १७ बाट २० सम्म घान्द्रकुमा भएको हो ।
यसअघि गतवर्ष असोज २५ मा अन्नपूर्ण आधार शिविर (एबीसी) मा फ्रान्सेली आरोही मौरिस हर्जोगको शालिक शिलान्यास गरी महोत्सव सुरु भएको थियो भने समापन अन्नपुर्ण म्याराथनबाट भएको छ । गतवर्षकै ल्होसारमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने छोम्रोङमा दोस्रो चरणको महोत्सव भएको थियो । महोत्सव समापन समारोहमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई दश वर्षभित्र नया“ गतिमा लैजाने बताएका छन् । उनले भने, ‘सात दशक राजनीतिक परिवर्तनमा बितायौं, अब नेपालीलाई खुसी बनाउन समय खर्चिन्छौं ।’

उनले कास्की र अन्नपूर्ण गाउ“पालिकाको विकासका लागि आºनो तर्फबाट गर्न सक्ने सबै पहल गर्ने प्रतिवद्धता जनाए । गाउ“पालिकालाई नेपालकै मोडलका रुपमा स्थापित गरेर विश्वभरका मानिस एकपल्ट जानैपर्ने गन्तब्यमा गन्तव्यमा विकास गर्न आºनो विशेष जोड रहने उनले उक्त अवसरमा बताए । आइतबार नै अन्नपूर्ण आधार शिविरको अवलोकन गरेर फर्किएका उनले त्यहा“ रहेका होटलको बिस्तारमा पर्यटन मन्त्रालयस“ग समन्वय गर्ने उल्लेख गरे ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले घान्द्रुकमा हाइ अल्टिट्युड तालिम केन्द्र स्थापना गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताए । ‘खेलकुद र पर्यटनलाई जोडेर यस क्षेत्रको समृद्धिलाई अझैं उच्चस्तरमा पु¥याउन आवश्यक छ,’ उनले भने । प्रदेश सांसद राजीव पहारीले फेवा तालदेखि अन्नपूर्णसम्मको संरक्षणमा अभियान सञ्चालन गर्ने बताए । जलवायु परिवर्तनले हिमालको अस्तित्व नामेट हु“दै जाने खतरा औंल्याउ“दै उनले त्यसतर्फ बेलैमा सचेत हुनुपर्ने सुझाए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गाउ“पालिकामा यथेष्ट विकासका काम भएको बताए । उनले अल्ट्रा म्याराथनको विश्वस्तरीय प्रतियोगिता अन्नपूर्ण क्षेत्रमा सञ्चालन गर्न सकिने उल्लेख गरे । उनले अन्नपूर्ण पदयात्रा मार्गमा सार्वजनिक जमिनमा रहेका होटललाई सरकारको कार्यविधि अनुरुप भाडामा उपलब्ध गराउन आफू सकारात्मक रहेको जनाए ।
अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारी र शिक्षा मन्त्रालयका उपसचिव विष्णु अधिकारीले पर्यटन गुरुयोजना बनाएर गाउ“पालिकालाई समृद्ध बनाउन सबै एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए
गाउ“पालिकाका अध्यक्ष युवराज कु“वरले उच्च ओहदामा रहेका व्यक्तित्वले आºनो जन्मथलोलाई प्राथमिकता दिन आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री दाहालप्रति आफू निकै आशावादी रहेको उल्लेख गरे । गाउ“पालिकालाई कम बजेट छुट्याइएकोप्रति उनको असन्तुष्टि थियो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव संयोजक ललित गुरुङले अन्नपूर्ण क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासमा ध्यानाकर्षण गराए । महोत्सवले पर्यटकको संख्या ह्वात्तै बढेको जनाउ“दै उनले हरेक मौसम उपयुक्त रहेको सन्देश दिन चाहेको बताए । उनले म्याराथनलाई आगामी वर्षमा निरन्तरता दिने बताए । महोत्सवका सचिव दिलिप गुरुङ अन्नपूर्ण क्षेत्रकै विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

Advertisment