वरिष्ठ अधिकृत बेपत्ता प्रकरण, सेतीखोचमा क्यानोनिङ टोलीद्धारा खोजी, अवस्था अज्ञात

पोखरा १८ असार ।

कास्की प्रहरीले बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । गत असारको ९ गते शनिवार विहानदेखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक शाखाका प्रमुख ओमराज पौडेललाई खोज्न कास्की प्रहरी ब्यापक रुपमा लागी परेको छ । असार ९ गते विहान देखी हराएको पौडेलको पोखराको महेन्द्रपुलमा सिसी क्यामेरा फुटेजमा समेत देखिएको र सोही समयमा एकजना ब्याक्ति सेती नदीमा हाम फालेको खवर आएपछि कास्की प्रहरीले पौडेल सेती नदीमा हाम फालेको आशंका गर्दै ब्यापक खोजीकार्यलाई जारी राखेको छ ।

बेपत्ता भएको दिन देखी कास्की प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले सेतीनदीको विभिन्न भागह?मा खोजीकार्यलाई तीब्र पारेको छ । खोजीकार्यकै क्रममा सोमबार झरीलाई समेत वेवास्था गर्दै कास्की प्रहरीले पोखरा क्यानोनिङको प्राविधीकहरुको सहयोगमा महेन्द्रपुलदेखी महतगौडाको दोविल्ला सम्म संकास्पद ठाउहरुमा खोजी गरेको छ । सोमबार दिउसो २ बजेदेखी सांझ ५ बजेसम्म महेन्द्रपुल, रामघाट पुलको आसपास र दोविल्लामा रहेको सेती नदीको खोंचमा क्यानोनिङको प्राविधीक टोलीमार्फत खोचमा खोजीकार्य गरेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

रानाका अनुसार खोचमा रहेका विभिन्न भुमरीहरुमा संम्भावित ठाउहरु किटान गरी खोजीकार्य गरिएको हो । असारको झरीमा पनि झरीको प्रवाह नगरी क्यानोनिङका ५ जना प्रविधीकह?ले डोरीको सहायताले सेती खोंचमा खोजीकार्य गरिएको भएतापनि केही फेला पार्न नसकेको र आगामी दिनमा पनि खोजीकार्यलाई जारी राख्दै तनँहु र चितवनमा समेत समन्वय गरी खोजी कार्यलाई जारी राख्ने रानाले वताए ।

मुसलधारे झरीको प्रवाह नगरी पोखरा क्यानोनिङका प्राविधीक सुनिल गु?ङको नेतृत्वमा ५ जनाको टोली सेती खोंचमा पसेका थिए । झण्डै तीन घण्टाको अवधिमा तीन ठाउमा सम्भावित चार वटा ठाउह?मा खोजीकार्य गरेको भएतापनि केही चिज नदेखिएको र सेतीको बहाव वढी भएका कारण सेतीको खोचमा केहीपनि बस्तु नरहेको पोखरा क्यानोनिङका प्राविधीक सुनिल गुरुङले वताए ।

गु?ङले सेतीको बहाव वढी भएका कारण सम्भावित खोचहरुमा समेत पानीको बहाव माथी सम्म आइपुगेको भएकाले कुनैपनि बस्तुह? सेती खोचमा तैरिने अवस्था नरहेको समेत वताए । ६० देखी ७० मिटर तल सम्म पुगेर खोचहरुमा अध्यारो भएतापनि टर्चलाइटको सहायताले आफुहरुले दाया बांया सम्भावित ठाउहरुमा हेरेको र जता ततै सेतीको बहाव वढी रहेकाले कुनैपनि बस्तुहरु खोंचमा अड्किने अवस्था नरहेको गुरुङको टोलीले वताएको छ ।

कास्की प्रहरीले सेती नदी संगै विभिन्न ब्याक्ति, संघसंस्था संग सहकार्य गरेर नेपालभरि पौडेलको खोजीलाई तीव्रता दिएको वताएको छ । सेतीमा खसेको आशंका गरिएको भएतापनि सेतीमा खसेको नहुन पनि सक्ने भन्दै प्रहरीले थप अनुसन्धानलाई समेत तीब्र रुपमा अगाडी वढाएको कास्की प्रहरीले जनाएको छ ।

Advertisment