न्युनतमको कार्यक्रममा अधिकतम भाषर्ण,कर्णाली लाइ पत्रकारिताको नमूना प्रदेश बनाउनुपर्छ– मुख्यमन्त्री

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई पत्रकारिताको दृष्टिकोणले पनि नमुना प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न र बिमा सुविधा उपलब्ध गराउन प्रदेश सरकार गम्भीर रहेको बताए ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु विषयक गोष्ठीमा मुख्यमन्त्री शाहीले भने, “अहिले आफ्नो लगानी गरेर सञ्चारगृह चलाउनेहरुले मात्र हैन विभिन्न सञ्चार संस्थामा कामगर्नेहरुले विभिन्न समस्या भोग्नु परेको छ । यस्ता समस्या समाधानगर्न प्रदेश सरकार सकारात्मक ढंगले अगाडि बढ्नेछ ।”

मुख्यमन्त्री शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रको विकासका लागि केही कुराहरु उल्लेख गरेको स्पष्ट पार्दै सूचना प्रविधिको महत्व आमनागरिकलाई बोध गराउन समेत आवश्यक रहेको बताए ।

उनले अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमापनि समस्या रहेकोले तिनको समाधानकालागि सबैको साझा हुनुपर्नेमाजोड दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले कर्णाली प्रदेशमा पत्रकारिताको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिमा प्रदेश सरकारले ध्यान दिन आग्रह गरे ।

उनले श्रमजीवी पत्रकारहरुलाई ऐनले तोके अनुसारको पारिश्रमिक दिन सञ्चारगृहका संचालकहरुलाई आग्रह गर्दै सञ्चागृहको सवलीकरणमा स्थानीय सरकार र प्रदेश सरकारले समेत ध्यानदिन आग्रह गरे ।
अहिले सञ्चारगृहमा कार्यरत पत्रकार कर्मचारी तथा कामदारको पारिश्रमिकमा पुनरावलोकनको तयारी भइरहेको जानकारी दिँदै समितिका अध्यक्ष पराजुलीले पत्रकारहरु र मिडिया हाउसका सञ्चालकहरुले विभिन्न सरकारी र अन्य निकायमा नक्कली कागजपत्र बुझाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेकपा सुर्खेतका उपाध्यक्षले पत्रकारहरुले आफ्नो श्रमको मूल्य पाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले पत्रकारिता क्षेत्रले लोकतन्त्र र स्वतन्त्रताको लागि महत्वपूर्ण योगदान पु¥याएको भएपनि राज्यले मिडिया मैत्रीनीति नल्याउँदा समस्या कायम रहेको बताए ।

नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुको पारिश्रमिकको विषय सँगै क्षमता अभिवृद्धिको विषयमा पनि जोडिने भएकोले क्षमतावान बन्न र ऐनले तोकेको सुविधा लिन पत्रकार सचेत हुनुपर्ने बताए ।

नेपालपत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा बहादुर थापाले कर्णाली प्रदेश अन्तरगतका विभिन्न जिल्लामा क्रियाशिल पत्रकार र सञ्चारगृहको हितका लागि महासंघले पहलगर्ने बताए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोविन्दबहादुर कोइराला, नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष मोती पौडेल,जुम्लाका पत्रकार सुरज विष्ट, कालीकोटका पत्रकार अशोक कुमार सिंह, रुकुमकापत्रकार सुरेन्द्र के।सी। जाजरकोटका पत्रकार चक्र के।सी। सल्यानका पत्रकार हिमालशर्मा सहित कृष्णराजहमाल र दिपेन्द्र ओलीलगायतले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानको लागि सरकार, सञ्चारगृहका सञ्चालक र पत्रकार महासंघ जस्ता संस्थाहरु गम्भीर बन्नुपर्नेमा जोड दिएकाथिए ।

Advertisment