प्रदेश ४ को नाम गण्डकी प्रदेश दुई तिहाइले पारित

पोखरा, २२ असार ।

प्रदेश ४ को नाम गण्डकी प्रदेश दुई तिहाइले पारित भएको छ । प्रदेश सभामा शुक्रबार भएका ५६ जना सांसद मध्ये ५४ जनाले गण्डकीको पक्षमा मतदान गरेका छन् भने २ जनाले विपक्षमा मतदान गरेका छन् ।

नेपाल कम्युनिःट पार्टी, नेपाली काग्रेस र जनर्मोचाले गण्डकी प्रदेशमा मतदान गरेका छन् भने नयाँ शक्तिका दुई सांसदले विपक्षमा मतदान गरेका छन् । बिहीबारको संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टीको सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताब पेस गरेका थिए ।

छलफलमा ३२ जना सांसदले भाग लिदै गण्डकीको पक्षमा मत जाहेर गरेका थिए । उनीहरुले सबैको साझा नाम गण्डकी भएकोमा जोड दिएका थिए । प्रदेशमा मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजाती, भाषा, भुगोललाई समेट्ने गरी प्रदेशको नाम गण्डकी राखेको बताए ।

यो संगै प्रदेश नामाकरणमा प्रदेश ४ दोस्रो प्रदेश बनेको छ । प्रदेशले प्रदेशको राजधानी यस अघि नै पोखरालाई सर्वसम्मत रुपमा पारित गरिसकेको छ । प्रदेश नामाकरण विषयमा लामो टसल पश्चात राजनितिक दलहरु गण्डकी नामाकरण गर्नेमा एक भएका हुन् । नामाकरण सम्बन्धमा गत असार नेपाल कम्युनिष्ट पार्टी भित्रैको विवाद भएपछि समय लम्बिएको थियो । यसै बिच प्रदेश ४ को नाम तमुवान मगरात राख्नु पर्दछ भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आदिवासी जनजातीहरुले पोखरामा शुक्रबार विरोध जुलुुस निकालेका छन् । पोखरामा संघर्ष समितिले मन्त्री तथा सांसदलाई सामाजीक बहिष्कारका साथै पुत्ला दहन, र अनिश्चितकाल प्रदेश बन्द गर्ने समेत चेतावनी दिएका छन् ।

Advertisment