४ नं। प्रदेशमा घटेका घटना तथा प्रहरी गतिविधिहरु यस्तो छ

कास्की स् सवारी दुर्घटना १ घाईते
मिति ०७५।०५।०३ गते १०स्०० बजेको समयमा जिल्ला कास्की पोखरा ८ सिमलचौर स्थित ग ५ प ४२२७ नं। को स्कुटरलाई अल्फाबेट नखुलेको ९१३५ नं। को कारले ठक्कर दिदा सोहि ठाउँ बस्ने वर्ष ३३ कि ईश्वरी पौडेल घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटिई गई ठक्कर दिने कार र कार चालकको खिजोकार्य भईरहेको छ ।
म्याग्दी स् शव फेला
मिति २०७५र०५र०३ गते अंन्दाजी ०६स्५० बजेको समयमा जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका वडा नं(२ राखु ठुलो थर बस्ने वर्ष २५ को गोपी परियार बेलुका खाना खाई आफ्नै कोठामा सुतेको र बिहान निजकै आमाले उठाउन जादा मृत अवस्थामा रहेको भनी खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

बागलुङ स् वर्षाको कारण गोठ भत्कीएको
मिति २०७५।०५।०२ गते परेको बर्षाको कारण जिल्ला बागलुङ जैमिनी नगरपालिका १ शेरा बस्ने वर्ष ३५ को हर्क बहादुर नेपालीको ढुङ्गा माटोले बनेको जस्ताको छाना भएको १ तले कच्चि गोठ भत्किदा सोही गोठमा बाँधि राखेको १र१ वटा गाई र गोरु पुरिएर मरेको भन्ने खबर आज मिति २०७५।०५।०३ गते ०६स्४५ बजेको समयमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गएको छ ।

मिती स् २०७५।०५। ०३ गते ।

Advertisment