सोसलिस्ट इन्टरनेसनल युथले तरुण दलको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको दमनको भत्र्सना

काठमाडौं । सोसलिस्ट इन्टरनेसनलको युथ युनियनले नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको दमनको भत्र्सना गरेको छ ।
चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसीले उठाएका मागप्रति ऐक्वद्धता जनाउँदै नेपाल तरुण दलले राजधानीमा निकालेको प्रदर्शन र कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनाको विरोधमा निकालेको जुलुसमा प्रहरीले दमन गरेको उल्लेख गर्दै सरकारलाई विश्वव्यापी मानवअधिकारको रक्षा र सम्मान गर्न आग्रह गरेको छ ।

राजधानीमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतप्रति लक्षित गर्दै प्रहरीबाट भएको आक्रमण मानवअधिकारको उल्लंघनको रूपमा युनियनले लिएको छ । पछाडिबाट गरिएको प्रहरीको आक्रमणबाट बस्नेतको टाउको फुटेको थियो । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको थियो ।

प्रहरीको कुटाइबाट गम्भीर घाइते बनेका बस्नेतको अवस्था अहिले पनि कमजोर छ । त्यस्तै, कञ्चनपुरमा नेविसंघ र स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा १७ वर्षीय युवक सुन्नी खुनाको निधन हुनु पुगेको घटनालाई पनि युनियनले सरकारको ध्यानाकर्षण गरेको छ । उसले कञ्चनपुरमा मानसिक रोगीलाई गिरफ्तार गरेर वास्तविक दोषीलाई राज्यबाट संरक्षण भइरहेको व्यापक आशंकालाई बल पुग्ने काम सरकारले गरिरहेको आरोप लगाएको छ । स्मररहोस सोसलिस्ट इन्टरनेसनल युथ युनियनमा नेपाली काग्रेसको भातृ’स्था तरुण दल र नेबिसघ मात्र सदस्य रहेका छन

Advertisment