प्रधानमन्त्री कार्यालयले मन्त्रीको बाह्र बजाउदै, थाल्यो मन्त्रीको अनगुमगन

टेनिस रोकार काठमाडौं।

प्रधानमन्त्री कार्यालयले मन्त्रालय तथा मन्त्रीहरुको कामको प्रगति विवरण तथा बजेट कार्यान्वयनबारे अनुगमन थालेको छ । मन्त्रीहरुको कामको अनुगमनका लागि अनलाइन प्रणाली अपनाएको प्रधानमन्त्री कार्यालयले अनुगमनको पहिलो चरणमा सबै मन्त्रालयमा पुगेर आफ्नो कार्य प्रगति विवरण अनलाइन प्रणालीमा अद्यावधिक गर्नेबारे सहजीकरणको काम थालेको हो ।
मन्त्रालय तथा सरकारी निकायले अनलाइनमा आफ्नो कार्य विवरण अद्यावधिक गरेकै आधारमा प्रधानमन्त्री कार्यालयले अनुगमन गरी वर्गीकरण गर्ने भएको छ ।
‘मन्त्री र मन्त्रालयहरुको अनुगमनको पनि अनुगमन’ नाम दिइएको उक्त कार्य अन्तर्गत प्रधानमन्त्री कार्यालयको एक टोली विभिन्न मन्त्रालयमा पुगेर अनुगमन र सहजीकरणको काम थालिसकेको छ ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट हेलोसरकारले बजेट कार्यान्वयनको प्रगतिबारे अनुगमन सुरु गरेको जनाएको छ । ‘यस आर्थिक वर्षमा सबै मन्त्रालयको बजेट कार्यान्वयनबारे प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको कार्ययोजनामा के कति प्रगति भएको छ भनी प्रधानमन्त्री कार्यालयको एक टोलीले अनुगमन र सहजीकरण गरेको छ ।’ हेलोसरकारको ट्विटर अकाउन्टमा भनिएको छ ।
सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै आलोचना बढीरहेको बेला प्रधनमन्त्री कार्यालयले अनगुमन तथा सहजीकरणलाई तिब्रता दिएको हो । प्रधानमन्त्री कार्यालयको एक टोलीले २ असोज र ४ असोजमा दर्जन भन्दा बढी मन्त्रालयको अनुगमन र सहजीकरण गरेको थियो । प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालको संयोजकत्वको टोलीले २ असोजमा उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, भौतिक पूर्वाधार, शहरी विकास, खानेपानी, परराष्ट्र र महिला मन्त्रालयको अनुगमन गरेको थियो । ४ असोजमा पनि अनुगमन र सहजीकरणको प्रक्रियालाई जारी राख्दै आधा दर्जन मन्त्रालयको अनुगमन र सहजीकरण गरेको थियो । सहसचिव भुसालले आइतबार ९आज० सम्म प्रगति विवरण कसरी अनलाइन प्रणालीमा कसरी भर्ने भनेर सहजीकरण गर्ने र अर्को हप्तादेखि समिक्षा सुरु गर्ने तयारी रहेको जनाए ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव विनोदबहादुर कुँवरले सरकारले मन्त्रालय तथा मन्त्रीहरुको अनुगमनको पनि अनुगमन गर्न अनलाइन प्रक्रिया सुरु गरेकाले अनलाइनमा प्रगति विवरण भर्ने क्रममा केही समस्या भएमा त्यसमा सहजीकरणको काम भइरहेको बताए । प्रधानमन्त्री कार्यालयको टोलीले मन्त्रालयहरुमा पुगेर प्रगति विवरण भर्ने क्रममा केही समस्या भएमा त्यसबारे सहजीकरण गर्ने उनको भनाई छ ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका राष्ट्रिय चासोको परियोजना तथा कार्यक्रमको प्रगति विवरणबारे प्रधानमन्त्री कार्यालयमा नै बसेर अनुगमन गरिने र काममा ढिलासुस्ती वा कुनै अन्य कुनै कारणले योजना अनुसार प्रगति नभए समिक्षा गरेर अघि बढ्ने जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले पहिलो पटक मन्त्रालयहरुको काममको प्रगतिबारे अनलाइनमार्फत अनुगमन सुरु गरेको हो । साभार( राजधानी ]

Advertisment