एकलाख पाच हजार राशिको प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबा कास्कीका पत्रकार राजबहादुर गुरुङ पुरस्कृत !

काठमाडौँ । प्रेस काउन्सिल नेपालले हरेक बर्ष प्रदान गरिने प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्‍नेत पत्रकारिता पुरस्कार कास्कीका पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा शीतलनिवासमा शनिबार आयोजित एक विशेष समारोहमा गुरुङलाई एक लाख पाँच हजार रुपैयाँ राशीको उक्त पुरस्कार बाट पुरस्कृत गरेको हो । दुइ दशकदेखी पत्रकारिताको माध्यमबाट समाजमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सो पुरस्कार प्रदान गरिएको हो । युनाइटेड खबर डटकमका प्रकाशक सम्पादक समेत रहेका राजबहादुर गुरुङलाई सुचना तथा सचार मन्त्री गोकुल बास्कोटाले नगद तथा सम्मान पत्त, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर क्ष्ेष्ठले फुलमाला लगाएर सम्मान गरिएको थियो ।

त्यसैगरि राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भब्य समारोहमा यस वर्षको गोपालदास पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्मानित गरेको छ । एक लाख पाँच रुपैयाँ राशीको उक्त पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा शनिबार आयोजित एक विशेष समारोहमा सम्पादक घिमिरेलाई प्रदान गरेकी हुन्।

यस्तै ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार दोलखाको हाम्रो रेडियोलाई प्रदान गरिएको छ। ३० हजार राशि रहेको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार धनुषाका बृजकुमार यादवलाई प्रदान गरिएको छ ।

यसैगरी प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार काठमाडौंबाट प्रकाशित हुने कल्पतरु साहित्यिक पत्रिका प्रकाशक ,सम्पादक नवराज पुडासैनी लाई, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार दाङका डा। अमर गिरी, प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार कञ्चनपुरबाट प्रकाशित हुने गुगुल्डी मासिक ९डोट्याली भाषाको पत्रिका, सम्पादकरप्रकाशक वीरबहादुर चन्द०, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार जुम्लाकी २० हजार कृष्णमाया उपाध्याय र मकवानपुरकी नानीमैँया बिष्टलाई प्रदान गरिएको छ।

यस्तै प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार कास्कीका पुण्य पौडेल, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सिरहाका सुरेश यादव, नवलपरासीका गोपाल परियार र सुनसरीकी रीता मोक्तानलाई प्रदान गरिएको छ।

त्यसैगरी प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार पाउनेहरुमा काठमाडौंका चन्द्र बानियाँ, उज्जवल पहाडी र तनहुँका सागर पण्डित रहेका छन्।

यस्तै प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार कालिकोटका मिमबहादुर रावलले पाएका छन् भने प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारतर्फ कार्टुनमा अबिन श्रेष्ठ र फोटोग्राफीमा पदमसागर कक्षपतिले पुरस्कार पाएका छन्।

यस्तै प्रेस काउन्सिलले उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ सहप्रशासकीय अधिकृत दीपक खनाल, कार्यालय सहयोगी रमा द्यौला तथा विनय बजगाई र सवारी चालक सुमन महतलाई प्रदान गरेको छ।

Advertisment