अर्मलाकाेटमा सार्वजनिक शाैचालय, जापानिज नागरिककाे सहयाेग

पाेखरा । कास्कीको अर्मलाकाेट गाउँमा सामुदायिक शाैचालय स्थापना भएकाे छ । जापानिज नागरिक अाेनादा काे अार्थिक सहयोग तथा स्थानिय दुर्गा क्लबकाे ब्यबस्थापनमा स्थापना गरिएको साे सामुदायिक शाैचालयकाे शनिबार पाेखरा महानगर पालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवन अाचार्यले उदघाटन् गरेका छन । टान पाेखराकाे समन्वयमा जापनिज नागरिक अाेनादा बाट नगद १ लाख १६ हजार दुई सय अठसठ्ठी रुपैयाँ प्राप्त गरेतापनि शाैचालय निर्माणमा करिब १ लाख ५१ हजार रुपैयाँ खर्च भएको स्थानिय समाजसेवी बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङले पाेखराबाट गएका तथा स्थानीय बिच साे खर्च बिवरण सार्वजनिक गरेका थिए । गुरुङले गाउँमा बन्ने संरचनाकाे जगेर्ना हुनसके यस्ता बिकासका कार्यक्रम धेरै अाउन सक्ने बताएका थिए ।

उदघाटन् कार्यक्रमका प्रमुख अतिथि जीवन अाचार्यले अर्मलाकाेट जाने माेटरबाटाेका लागि पाेखरा महानगरपालिका बाट दुई कराेड बजेट बिनियाेजन गरिसकेको जानकारी गराउंदै स्थानीय जनता लाई नगदे बालि, हाेमस्टे,गाउँमा अाउने पर्यटकबाट लाभ लिने काममा केन्द्रित हुन अाग्रह गरेका थिए । टान पाेखराका बरिष्ठ उपाध्यक्ष शुशिल पाैडेलले पाेखराबाट नजिकै यति मनाेमाेहक दृष्य रहेकाे अर्मलामा अागामी दिनमा अान्तरिक तथा बाह् य पर्यटक अाउने बिश्वास ब्यक्त गर्दै अाउने पर्यटकलाई खुशी बनाई लाभ लिनुपर्ने बताएका थिए नवदुर्गा क्लबका अध्यक्ष गंगा बहादुर गुरुङ (अाेला) काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिब सन्ताेष खनालले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।

Advertisment