अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस, १० जना ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा, असोज १५ गते । पोखरा महानगरपालिकाले २८ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दश जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । महानगरपालिकाको वडा नम्वर ११ की १०९ वर्षीय ज्येष्ठ नागरिक गौरी आचार्य, पोखरा २५ की १०७ वर्षीय फुलमाया तामाङ, पोखरा २८ की असली सकीनी, पोखरा २८ कै १०४ वर्षीय डिल्लिराम त्रिपाठी, पोखरा २६ की १०३ वर्षीय अनुरुपा बञ्जरा, पोखरा ३ की १०३ वर्षीय चतुकली पराजुली, पोखरा २२ का १०२ वर्षीय बृद्धिबहादुर गुरुङ, पोखरा १६ का १०२ वर्षी सुना कामी, पोखरा २१ का ९९ सय वर्षीय नन्दलाल दाहाल, पोखरा १३ का ९९ वर्षीय टिकाराम बराललाई नगद एक÷एक हजार सहित दोसल्ला ओढाएर पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सम्मान गरे ।

ज्येष्ठ नागरिक अधिकार अभियान्ताको अभिनन्द गरौ भन्ने मुल नारा सहित मनाइएको ज्येष्ठ नागरिक दिवसमा जेष्ठ नागरिक अभियानता कृष्णप्रसाद बराल र मैना ओझालाई सम्मान गरिएको छ । कार्यबाहक प्रमुख गुरुङ र प्रमुख प्रशाकसीय अधिकृत पौडेलले नगद जनही दुई÷दुई हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै पोखरामा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले जेष्ठ नागरिक समाजका बोझ नभएर राष्ट्रका सम्पत्ति र गहना भएको बताइन् । उनले ज्येष्ठ नागरिकको सेवा गरे ईश्वर खोज्न टाढा जानुनपर्ने बताइन् । ‘सेवा नै धर्म हो, त्यसैले जेष्ठ नागरिकको सम्मान र सेवा गरौ पुजा गर्न मन्दिर जानुपदैन ।’

उनले महागनरले ज्येष्ठ नागरिकको स्वास्थयमा चासो दिएको बताउदै वडा वडामै स्वास्थ्य शिविर संचालन गदै आएको समेत बताउनुभयो । परोपकार महासंघका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमल नयन गौतमले बृद्धाश्रमलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । बृद्धाश्रम हैन, ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना गर्नुपर्छ उनले भने,‘एक वडा एक दिवासेवा केन्द्र खोल्नुपर्छ ।’ कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक अभियान्ता कृष्णप्रसाद बरालले ज्येष्ठ नागरिकलाई परिचयपत्र दिएर अवमुल्यन गरिएको बताए । उनले सार्वजनीक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई छुट दिने बताइएपनि यातायातमा छुट नदिने र ब्यवसायीले अपमान गर्ने गरेको गुनासो गरे । पोखरा वडा नम्वर १५ का वडा अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा भएको थियो । यसैवीच पोखरा महागनरले ज्येष्ठ नागरिक दिवसकै अवसरमा ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । पोखराको १५ नम्वरमा आयोजित स्वास्थ्य परिक्षणमा २ सय भन्दा बढिका स्वास्थ्य परिक्षण गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार सुगर, प्रेसर, मुटु, दाता, नशा र पेटसम्वन्धि जाँच गरिएको थियो । शिविरमा स्वास्थ्य परिक्षणपछि ४० हजार मुल्य बरावरको औषधि निशुल्क उपलब्ध गराइएको शर्माले बताए ।

Advertisment