भारतिय नेताको पत्र ओलीलाइ, पत्रप्रति सरकार मौन !

काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार पत्र लेखी सचेत गराएको कुराले धेरैलाई आश्चर्यचकित बनाएको छ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ९रनवे० मा खतरा रहेकाले मर्मत गर्न भन्दै जोलीले ओलीलाई पत्र पठाएका हुन् ।
नयाँ दिल्लीबाटै पठाइएको पत्रमा जोलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था नाजुक रहेको उल्लेख गर्दै यसको पुनर्निर्माणमा ढिलाइ नगर्न प्रधानमन्त्री ओलीलाई सल्लाह दिएका छन् । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको र टर्किस एयरलाइन्सको टिके—७२६ फ्लाइट पनि ठूलो दुर्घटना हुनबाट जोगिएको स्मरण गर्दै उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको यसबारेमा ध्यान जानुपर्ने औंल्याएका छन् ।
जोलीले लेखेको करिब पाँच सय शब्दको पत्रमा नेपाल सरकारले सार्वजनिक रूपमै त्रिभुवन विमानस्थलको धावनमार्गको मर्मत आगामी सन् २०१९ को फेब्रुअरीपछि मात्रै गर्ने घोषणा गरेको जानकारी भएको उल्लेख गर्दै यो समयसम्म धेरै ढिलो हुने भन्दै छिटो मर्मत सम्भार गर्न आग्रह गरिएको छ । उनले भनेका छन्, ‘यो अस्वीकार्य छ । र, सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूका लागि खतरा छ । नेपाल सरकारले अब एक घन्टा पनि विलम्ब नगरी यसको मर्मत, सम्भार अथवा पुनर्निर्माणमा लाग्नुपर्छ । होइन भने यसबाट हुने दुर्घटनाले धेरै ठूलो मानवीय क्षति हुने खतरा मैले देखेको छु ।’
जोलीले लेखेको यो पत्र नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप हो वा होइन रु भन्ने विषयमा विभिन्न टीकाटिप्पणी सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल भनेको जुनसुकै देशका नागरिकले जतिबेला पनि प्रयोग गर्नसक्ने संरचना हो । त्यसैले यस विषयमा जसले पनि टिप्पणी गर्न र सुझाव दिन पाउने एकथरीको तर्क छ । तर जोली भारतका सामान्य नागरिक मात्रै नभएर सत्तारुढ पार्टीका प्रभावशाली नेता भएका कारण उनको यो टिप्पणी नेपालको आन्तरिक मामिलामा हस्तक्षेपसरह मानिने तर्क अर्काथरीको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग नेपालीपछि सबैभन्दा बढी भारतीय नागरिकहरूले प्रयोग गर्छन् । एक परराष्ट्र मामिला विज्ञ भन्छन्– ‘पर्यटकको रूपमा घुम्न आउने मात्रै नभएर पशुपतिनाथको दर्शन गर्न आउने तथा मानसरोवरको दर्शन गर्न जाने भारतीयहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएकाले जोलीको चासोलाई अस्वाभाविक मान्न सकिन्न । तर उनले यस्तो पत्र गोप्य रूपमा लेख्नुपथ्र्यो, दुई–चारपटक सुझाव दिँदा पनि चासो नलिइएको भए मात्रै सार्वजनिक गर्नु उचित हुन्थ्यो, तर सुरुमै सार्वजनिक गर्नु जोलीको अर्घेल्याइँ हो ।’
डेढ दशकअघि अमेरिकी राजदूतले काठमाडौंका सडकको दुरावस्थाको विषयमा एक अंग्रेजी दैनिकमा आर्टिकल नै प्रकाशित गराएका थिए । लाजिम्पाट महाराजगञ्ज खण्डको सडकका खाल्डाखुल्डीका कारण दूतावासमा कार्यरत एक नेपाली महिला कर्मचारीको गर्भपतन भएको उदाहरण दिँदै उनले आर्टिकल प्रकाशित गरेपछि सरकारले तत्काल सडक मर्मतको काम सुरु गरेको थियो । नेपालका संरचनाहरूको दुरावस्थाका बारेमा विदेशीहरूले समय समयमा चासो दिइरहेका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा जोलीले गरेको टिप्पणी झुटो हो या सही हो रु भन्ने विषयमा सरकार मौन छ । यदि उनले नेपालको पर्यटन व्यवसायलाई धराशयी बनाउने बद्नियतका साथ यो टिप्पणी सार्वजनिक गरेका हुन् भने सरकारले समयमै एक्सन लिनुपर्ने माग नागरिक समाजको छ । यस्तो संवेदनशील विषयमा सरकारले मौनता साँध्नु आफैंमा रहस्यमय छ ।
स्वदेशी विज्ञहरूले पनि अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्थाबारे औँल्याउने गरेका छन् । विमानस्थलको रनवे खराब भएकाले नेपालभित्रकै आन्तरिक हवाईजहाजमा चढ्ने यात्रुहरूसमेत त्रसित हुने गरेका छन् । कहिले यति एयरलाइन्स रनवेमा चिप्लिन्छ भने कहिले मर्मतको नाममा आधा घन्टा, एक घन्टासम्म हवाईजहाजलाई अवतरण गर्न नदिई आकाशमै होल्ड गराउने गरेको छ । ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था भएको त्रिभुवन विमानस्थलको मर्मत छिटो गर्न नेपालका जानकारहरूले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

तरुण खबरबाट

Advertisment