‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ नाटक पोखरामा मञ्चन

 

पोखरा, १८ असोज ।

पोखरा थिएटरको गन्र्धव नाटकघरमा बुधबारबाट नाटक ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन शुरु भएको छ । नाटक बिहिबार सम्म देखाइनेछ । नाटकको नियमित सो साँझ ५ बजे हुनेछ । वान वल्ड थिएटरको प्रस्तुतीमा निर्माण गरिएको यो नाटक वार्षिक नाट्य यात्रा २०७५ अन्र्तगत पोखरा थिएटरको आयोजनामा पोखरामा मञ्चन गरिएको हो । उमा सुवेदीको कथा रहेको नाटकको परकिल्पना तथा निर्देशन राजकुमार पुडासैनीले गरेका छन् । नाटकमा राजकुमार पुडासैनी सहित कमलमणी नेपाल, लुनिभा तुलाधर रेनु यागी, सुरज तमु, आलोक थामी, हाना नगरकोटी, रोशनी स्याङो, सन्दीप श्रेष्ठ, अमृत दाहाल, दामोदर खतिवडा आदीको अभिनय रहेको छ । नाटक मार्फत कलाकारकै पिडालाई देखाइनेछ ।

नाटक हेर्न सर्वसाधरणका लागि ३ सय र ५ सयको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा २ सय रुपैयाँको टिकट लाग्नेछ । यस नाटकलाई बुकिङ मार्फत अतिरिक्त सो समेत देखाइएको छ । बुधबार बुकिङ सो मार्फत बिहान ११ बजे नाटक देखाइएको थियो । बिहिबार दिउँसो १ बजे बुकिङ सो देखाइने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । पोखरामा गन्र्धव नाटकघर सञ्चालनमा आएपछि मञ्चन हुने नाटकमा ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ २० औँ नाटक हो । डेढ घण्टा समय अवधिको यस नाटकले शुरुवातदेखि अन्त्यसम्म दर्शकको ध्यान खिचिरहन्छ ।

Advertisment