ल्होसार महोत्सवको अवसरमा छ्योप त्हे सम्पन्न, महोत्सवका लागि आर्थिक संकलन शुरु

भुपाल गुरुङ,
पोखरा ८, मंसिर ।

तमु (गुरुङ) समुदायको महान पर्व ल्होसारमा पोखरामा आयोजना हुन गइरहेको बृहत तमु फो ल्होसार २०७५ को अवसरमा छ्योप त्हे (पुजा) सम्पन्न भएको छ ।

तमु प्ये ल्हु संघ केन्द्रिय समितिले पौष १२ गते देखि आयोजना गर्न लागेको बृहत तमु फो ल्होसार महोत्सव सफल होस् भन्ने कामना सहित शनिबार पोखराको शक्तिघाट स्थित फलिना क्होइबोमा पच्यु चिवाहरुबाट छ्योप त्हे (पुजा) सम्पन्न भएको हो । तमु (गुरुङ) समुदायमा  शुभकार्य गर्नु पुर्व छ्योप त्हे (पुजा) गर्ने प्रचलन छ ।

महोत्सवको अवसरमा छ्योप त्हे (पुजा) गरे संगै ल्होसार महोत्सवको तयारी पनि प्रारम्भ भएको प्रचार प्रसार उपसमितिका संयोजक बुद्धि प्रसाद तमुले जानकारी दिनुभयो । भाषा, संस्कार, संस्कृति, परम्पराको जगेर्ना गर्दै खेगी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने उद्देश्यका साथ आयोजना गर्ने महोत्सवका लागि शनिबार ९ लाख ४८ हजार २ सय रुपौयाँ आर्थीक संकलन भएको समेत गुरुङले बताउनुभयो । शनिबार आथीक संकलनको शुरुवात गर्दै तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी तमुबाट ५ लाख ५ सय ५५ रुपैयाँ, केन्द्रिय महिला समितिबाट २ लाख ५ रुपैयाँ, कास्की जिल्ला महिला समितिबाट ५० हजार ५ सय ५५ प्राप्त भएको आर्थीक उपसमितिका संयोजक कञ्चन तमुले जानकारी दिनुभयो ।

त्यसैगरी केन्द्रिय पच्यु अध्यक्ष कुलप्रसाद तमुबाट २५ हजार ५ सय ५५, कास्की जिल्ला अध्यक्ष उमबहादुर तमुबाट २५ हजार ५ सय ५५, कास्की जिल्ला प्रथम उपाध्यक्ष निमबहादुर तमुबाट २५ हजार ५ सय ५५, ङोप्छे भाइ खलक पोखराबाट २५ हजार ५ सय ५५, केन्द्रिय महिला कोषाध्यक्ष बुद्धिमाया तमुले आजैको दिनमा परेको आफ्नो जन्म दिनको अवसरमा २० हजार ८ सय ८, केन्द्रिय सदस्य शेखर तमुबाट १० हजार १ सय, हङकङ शाखाका अध्यक्ष मनबहादुर तमुबाट १० हजार, केन्द्रिय सह सचीव लोकेन पह्च्यु तमु ५ हजार ६ सय १४, केन्द्रिय कोषाध्यक्ष कन्चन तमु ५ हजार ५ सय ५५, सनराइज बैक पोखरा शाखा प्रमुख निता तमुबाट ५ हजार ५ सय ५५, गुरुङ चलचित्र टुकिका निर्मात्रीद्वय इन्द्रमाया तमु र मोहनमाया तमुबाट १० हजार १ सय १०, कास्की जिल्ला सदस्य मिलन तमुका आमा नरमाया सरब्ज तमुबाट ५ हजार ५ सय ५५, कास्की महिला समितिका सदस्य बिना तमुका सासू लालसुब्बा तमुबाट ५ हजार ५ सय ५५, पोखरा १७ घारिपाटन निवासी पितम्बर सरब्ज तमुबाट ५ हजार ५, केन्द्रिय सचीव बुद्धि प्रसाद तमुबाट ५ हजार ५, क्रोम्जे भाइखलक सिक्लेस हर्पुथरबाट ५ हजार ५ संकलन भएको जनाएको छ । साथै केन्द्रिय महिला समितिका अध्यक्ष पुष्पा तमुले सदाको बर्ष झै यसबर्ष पनि कार्यक्रम अवधी भर आवश्यक पर्ने पिउने पानी र कास्की शाखाका सस्थापक अध्यक्ष स्व. पुर्णबहादुर तमुको स्मृतिमा उहाँको परिवारले १५ गतेको पुजा सामग्री र स्योकैको सौजन्य गर्ने प्रतिवद्धता जनाएका छन् । पौष १६ गते सम्म चल्ने महोत्सवका लागि देश तथा विदेशबाट आर्थीक सहयोग आउने क्रम जारी रहेको प्रचारप्रसार समितिका सदस्य लोकेन तमुले बताउनुभयो ।

Advertisment